Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन १८ गते बुधबार

चौधर नदीको सार्की टोलमा वितण्डा ! ‘चुनावका बेला शिर टाउँकोमा राखेर भोट माग्न आउने जनप्रतिनिधी विपद्का बेला गायब’

गयरातीदेखि कञ्चनपुरमा अबिरल रुपमा परिरहेको बर्षातका कारण चौधर नदीको सहत बृद्धि भएको छ । चुरे भएर बग्ने चौधर नदीको सतह बृद्धिभएसंगै नदी गाँउ पसेको छ ।

चौधर नदीको वाढीका कारण बेदकोट नगरपालिका ४ सार्की टोल उच्च जोखिममा छ । नदी गाँउ पसेपछि दर्जनौँ घरखेत जोखिममा परेका छन । नदीले गाँउबस्तीतिरै कटानी गर्न थालेपछि स्थानीय विस्थापित हुन लागेका छन ।

बुधबार बिहान ९ बजेसम्ममा स्थानीय कृष्ण भुलको परिवार विस्थापित भएको छ । बेदकोटका स्थानीय अगुवा राजुराम सार्की(भुल)ले कृष्ण भुलको खेतर्संगै घरसम्मै नदीले कटानी गरेपछि उनको परिवार विपद्मा परेको बताए । कृष्णसंगै धनगिरी भुल, गेरे सार्की, धुव्र पार्की, मोहन भुल, हरिस भुल, सहितको खेतीयोग्य भूमि कटानी भईरहेको छ ।

‘एकातिर चौधर नदीले कटानी गरेको छ, अर्कातिर गाँउबस्तीसम्मै कटानी हुँदा स्थानीय विस्थापित भएका छन, ‘उनले भने, ‘नदी नियन्त्रणको काम नहुँदा सार्कीपार्की टोलले विपद्ी सहनुपरेको छ ।’ उनका अनुसार मंगलबार रातीदेखि चौधर नदीमा वाढी आएसंगै सार्कीपार्की टोल जोखिममा परेको छ । ‘बर्षा भयो की नदी गाँउ नै पस्छ, ‘उनले भने, ‘यो वाढी कटानीको उच्च जोखिमा रहेको ठाँउ हो, तर पनि तटबन्ध निर्माणका लागि सरकारी निकाय उदाशिन देखिन्छ ।

’ नदी गाँउ नै पस्न थालेपछि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको छ । सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गण झलारीबाट सार्कीटोल पुगेको सशस्त्र प्रहरीको टोली कटानीको उच्च जोखिममा रहेका कृष्ण भुलको घरगोठलाई सुरक्षित स्थानतर्फ सारेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐरले विपद्को उच्च जोखिममा रहेको बस्तीको उद्दारका लागि सशस्त्र प्रहरी कटानी क्षेत्रमा खटिएको बताए ।

उनका अनुसार सशस्त्र प्रहरीले कृष्ण भुलको घर सारेको छ । ‘केही समय पछि नदीले कृष्ण भुलको घर बगाएर लग्थ्यो, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘समयमै हाम्रो टोलीले सुरक्षित स्थानमा सार्ने काम गरेको छ ।’ बाँकी घर समेत जोखिममा पर्ने सक्ने भन्दै सशस्त्र प्रहरीको टोली त्यही खटिएको छ । स्थानीयले विपद्का बेला केही पनि जनप्रतिनिधी नआएको भन्दै आक्र्रोस पोखेका छन ।

चुनावका बेला पाउमै शिर झुकाएर भोटका लागि बस्तीमा आउने जनप्रतिनिधी यतिबेला जोखिममा पर्दा नआएको विस्थापितको गुनासो छ । स्थापितले ‘चुनावका बेला शिर टाउँकोमा राखेर भोट माग्न आउने जनप्रतिनिधी विपद्का बेला गायब’ भएको बताएका छन ।

हरेक बर्ष चौधर नदीले सार्कीपार्की टोलमा कटानी गरेपनि सम्बन्धीत निकायबाट तटबन्धका कामकाज गर्न चुक्दै आएको छ । कमिसन खान नपाउने भएपछि उक्त बस्तीमा तटबन्ध निर्माणका लागि सम्बन्धीत कार्यालय, जनप्रतिनिधी, ईन्जिनियर, प्राविधिकले चासो नदेखाउने गरेको समेत स्थानीयको आरोप छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>