Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन २१ गते शनिबार

आरक्ष पिडितले बनाए बेतकाेटमा नगरस्तरिय कार्यदल, चुनाव अगाडि समस्या समाधान नभए आन्दाेलन गर्ने ।

आरक्ष पिडितहरुले बेतकाेट नगरपालिकामा नगरस्तरिय कार्यदल गठन गरेका छन । शुक्लफाँटा आरक्ष बाट करिव २० बर्ष अगाडि सरकारले बिस्तापित गरेर घरबार बिहिन बन्न पुगेका, अब्यवस्थित रुपमा बस्न बाध्य भएका नागरिक मध्येका बेतकाेट नगरपालिकामा रहेका बिस्तापित नागरिक शनिबार सुन्दरपुरमा भेला भएर कार्यदल गठ गरेकाे शिराेमणी ओझाले बताएका छन ।

आरक्ष पिडितहरुकाे भेलाले राम बहादुर चन्दकाे अध्यक्षतामा ११ सदस्यीय कार्यदफ गठन गरेकाे छ । कार्यक्रममा युवा नेता शिरोमणि ओझा ज्युको प्रमुख आतिथ्यता रहेकाे थियाे । सदस्यहरुमा गोपाल चन्द,गोबिन्द चन्द ,जयता आउजि ,डम्मर बहादुर चौधरि, गोदावरि दमाइ,कमल दोदाल ,नर बहादुर ऐर ,नन्दि लाबड ,मान सिङ जागरि,जय लुहार रहेका छन ।

भेलाले आरक्ष पीडित हरुको वास्तविक तथ्यांक संकलन गर्ने उक्त तथ्यांक सरकार द्वारा गठित कार्यदललाई बुझाउने । आउदाे प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनाव भित्रै आरक्ष पिडितकाे ब्यवस्थापन नगरिये कडा आन्दोलनका कार्यक्रम अगाडि बडाउने निर्णय गरेकाे संयाेजक राम बहादुर चन्दले बताए ।

तत्कालिन समयमा सेना र हात्ति लगाएर घर भत्काएर बिस्तापित गरेका पिडित २० बर्ष पुग्दा सम्म स्थापित हुन सकेका छैनन भने कंचनपुर जिल्लाकाे विभिन्न ठाउमा अब्यवस्थित तरिकाले बस्न बाध्य भएका छन भने कतिपय पुन आरक्ष क्षेत्र भित्र बस्न पुगेका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>