Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
मसुरिया
२०७९ साउन २४ गते मङ्गलबार

जनप्रिय मावि घुस काण्डको नालिबेली, जिल्ला समन्वय समिति कैलालीका प्रमुखको फोनमा धम्की  "को प्रसासन हो प्रमाणीत गर्ने? प्रसासन भन्या को हुन्छ? हामी नै प्रसासन हो यहाँ ।"
घुस दिएकाे भनिएकाे रसिद

गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयमा कार्यालय सहयोगी राख्ने नाममा प्रधानाध्यापकले ३० हजार रुपैयाँ घुस प्रचार झुटो भएको पाइएको छ  । विद्यालयका प्रधानाध्यापक धनीदत्त भट्टले कार्यालय सहयोगी राख्न ३० हजार रुपैयाँ लिएको प्रमाण भन्दै  समाचार आएको थियो  ।

विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान गरिएको थियो । उक्त दरखास्तमा चौधरीको मात्र निवेदन परेको थियो ।

विद्यालयका प्रअले कृष्ण चाैधरिलाई जागिर लगाइदिने भन्दै ३० हजार घुस लिएको दाबीको रसिद सहितको समाचार आएको थियो । 

चौधरीले आफुले प्रअ धनीदत्त भट्टलाई घुस नदिएको बताएका छन् । असार १९ गते नियुक्ति पाएका चौधरीले  साउन ८ गते आफुले तलबमा मिलाउने गरि ५ हजार पेश्की रकम लिएको बताए ।

मैंले प्रअ सरलाई घुस भनेर पैसा दिएको छैन । साउन १३ गते सरले लेखापाल सर सँग ३० हजार रुपैयाँ लिएर मेरो खातामा पठाइदेउ भन्नुभयो म पैसा लिएर मसुरिया बजार पुग्दा बैंक बन्द भैसकेको थियो ।

लेखापाल सर सँग पैंसा लिदा कुनै फारम नभरी हतारमा पैंसा लिएर भट्ट सरलाई पठाएको हो । त्यो रकम घुस नभइ पैंसा पठाउन सहयोग गरेको हो । अनुप पुस्तक पसलका संचालकलाई इसेवा मार्फत पैंसा पठाइदिन भने र १४ गते ३० हजार बुझाएर रसिद लिए सो रसिद पदम कलेल (हाल जिल्ला समन्वय समिति कैलालीका प्रमुख) लाई देखाएको थिए ।

अनुप पुस्तक पसलका संचालक पुरन चौधरी -" बैंक बन्द भएको रहेछ सर मलाई पैसाको जरुरी परेको छ तपाईंले पठाइदिनु पर्यो भन्नु भयो म १३ गते मलाई फोन गरेर पैसा पठाउन भन्नु भयो म धनगढी आएको छु पसलमा गएर पैसा पठाउछु भने मसुरिया पुगेर पठाएको थिएँ "।

यता आफू उपचारका लागि काठमाडौं गएकाले पैंसा कम भयो तलबबाट फिर्ता गर्ने गरी पैसा मगाएको प्रअ भट्टले बताएका छन् । आफुले अनुप पुस्तक पसलका संचालकलाई फोन गरेर ‘कार्यालय सहयोगी कृष्ण चौधरीले तपाईलाई आएर ३० हजार रुपैयाँ दिन्छ, अहिल्यै तुरुन्तै मलाई तपाई पैसा पठाइदिनुस् ।’ भनेर सहयोग मागेको बताए । सोही दिन साँझ पसलले मोबाइल बैंकिङमार्फत् प्रअले भने अनुसार बैंक खातामा ३० हजार रुपैयाँ सापटी पठाएका थिए । कार्यालय सहयोगीले साउन १४ गतेका दिन उक्त पुस्तक पसलमा गई नगदी रसिद कटाएर ३० हजार रुपैयाँ बुझाएका थिए ।

विद्यालयका प्रधानाध्यापक भट्टले चौधरीबाट पैसा नलिएको बताए आफू बिरामी हुँदा सापटी रकम पठाउन सहयोग माग्दा घुस लियो भनेर सुनियोजित रुपमा बदनाम र चरित्र हत्या गरिएको बताएका छन् । मैंले घुस लिएको भनेर आरोप प्रमाणीत भए कानुनी कारबाही भोग्न तयार छु तर एकै संस्थामा कार्यरत कर्मचारीसँग रकम पठाउन सहयोग माग्न पनि नमिल्ने भयो ? भट्टले बताए ।

यता विद्यालयको समस्या समाधानको पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलले फोन गरेर तालाबन्दी खोलेको बिषयलाई लिएर एक जना स्थानीयलाई धम्काउँदै पंङ्गा नलिन चेतावनी दिएका छन् । फोन संवाद जस्ताको तस्तै
ए कोले हावा कुरा गर्‍यो?
हजुर को बोल्या हो दाइ फेरि?
म पदम कलेल बोल्या हु।
ए अंकल नमस्ते हजुर।
नमस्ते गरे
अनि के हो तिमीले के गर्न खोज्या हो त्याँ?
हजुर?
के गर्न खोज्या हो हिजो तिमीले?
मैले केही गर्न खोज्या होइन अंकल मैले हेरेर आएको हो।
तिमीले त त्याँ प्रशिक्षण दिएर खुकायौ भन्ने चल्या छ त याँ त।
अब त्यो कुरा त चलाउ छ्न त अंकल।
चलाउछ्न भनेर कसरी चल्छ यार? के देखेर तिमीले त्यो गरेको लौ भन त? त्यो धनीदत्त भट्टले राम्रो गर्‍या हो? घुस खानु भन्या राम्रो हो र?
मैले राम्रो हो भन्याँ छुँ र? भिडियो छ भन्या होइन?
सपर्टमा किन गयौ त त्याँ?
भिडियो छ भन्दैछ्न। मैले राम्रो हो भन्या छुँ भने म माथि पनि कदम चलाउनुस।
हैन कदम चल्ने कुरा त केही भएन।
उहाँले भन्नुभएको तलाइ ठिक गर्छु भन्नुभो। ठिक छ त्यो पनि ठिक छ।
नाँइ नाइँ एउटा देखिएको कुरा, घामजस्तै छर्लङ्ग देखिएको कुराहरु, धनीदत्त भट्टले घुस खाएको भन्ने पुरै देखिएको छ कि छैन?
भन्नू न भन्नू। अब छर्लङ्ग घाम झैं देखिएको त प्रसासनले प्रमाणीत गर्ला हैन र? प्रसासनले प्रमाणीत नगरी म केही बोल्दैन।
जनताले प्रमाणीत गरीसक्यो। को प्रसासन हो प्रमाणीत गर्ने अब?
ठिक छ अंकल ठिक छ। हामीले प्रमाणीत गरेर त सबै कुरा नहोला, हैन?
अनि सबै तिमीले गरेर प्रमाणीत हुन्छ भने त्यही गरु अब। अब भोलि नागरिकता बनाउनु पर्यो भने तिम्रो घर तिमीसँग जानुपर्ला अब।
मैंले त्यो कुरा भन्या होइन
मैले प्रमाणीत गरेको भनेको छैन नि। मैले के भन्या हो भने मान्छे बिरामी भयो भने घरको बेडमा सुताउने कि हस्पिटलको बेडमा सुताउने अंकल?
त्यो आफ्नो इच्छा हुन्छ। कसैले घरको बेडमा सुताउछ। कसैले अस्पताल पुगाउनुपर्ने  हुन्छ। त्यो चाहिँ बिरामी भयो भन्ने बित्तिकै अस्पताल नै पुगाउनुपर्ने जरुरी हुदैन। त्यसको पहिचान गरेर घरमै पनि केही घरेलुु दवाई पनि गर्न सकिन्छ।
घरेलुु दवाईले हुदैन अंकल। गल्ती गर्नेलाई कुनै पनि अवस्थामा बचाउनु हुदैन। प्रमाण अनुसार कानुनी प्रक्रियामा जानुपर्छ। विद्यार्थी माथी त्यो आज तपाईंहरुले ताला लगाउनुभाछ। भोलि सम्म एस ई ई को म्याद छ। विद्यार्थीहरुले कसरी फाराम भर्ने? कसरी परिक्षा दिने
?
विद्यार्थीको तिमीलाई चिन्ता कि हामीलाई चिन्ता त्यो?
तपाई जिल्ला भरीको अभिभावक हो। तपाईले कतिको चिन्ता लिनुभाछ त्यो तपाईंको कुरा हो।
तिमिलाई चिन्ता कि मलाई चिन्ता? एस ई ई को फारामको कुनै चिन्ता अप्ठ्यारो छैन। त्यो हामीलाई थाहा छ फाराम सारम निकालेर बाहिर राखेका छौँ।
ठिक छ अंकल ठिक छ।

एउटा के हो भनेपछि पङ्गा लिदाखेरी पाइने बुझेर लिनुपर्छ। धेरै कुराहरु त्यसरी लिनु हुँदैन। जे गरि तिमीले कसरी लियौ? भाङ खाएको तालमा लियौ कि? गांजा खाएर लियौ कि? ड्रग्स खाएर लियौ कि? त्यो कुरा म जान्दैन है।  तर एउटा कुरा पङ्गा लिदा पनि उ गर्नुपर्छ के।
तपाईंले अघि खुलाएका तीन कामहरू हामी कहिले गर्दैनौं  अंकल। त्यस्तो नभनिदिनुहोला।
ल ल हुन्छ।

फोन रेकड सुरक्षित गरिएको छ । सम्बन्धित व्यक्तिको अनुरोधमा अडियो सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>