Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २४ गते मङ्गलबार

कंचनपुर समेत देशभरिका सुब्बा सम्मका कर्मचारि आन्दाेलनमा । सरकारले साना कर्मचारि माथि असमान ब्यावहार गरेकाे आराेप

सघीय सरकारको अर्थ मन्त्रालयले राजपत्राङकित कर्मचारी अर्थात अधिकृतदेखि माथिल्ला तह सचिवसम्मका कर्मचारीको तलब चोरबाटोबाट बृद्धि गरेको भन्दै देशभरी कर्मचारी आन्दोलनमा उत्रिएका छन ।


अर्थ मन्त्रालयले अस्वभाविक रुपमा बजेट बक्तव्य विपरित अधिकृतदेखि माथिल्ला तह सचिवसम्मका कर्मचारीको तलब चोरबाटोबाट बृद्धि गरेको भन्दै देशभरी कर्मचारी आन्दोलनमा उत्रिएका हुन । सोमबार देशको मुख्य प्रशासनिक केन्द्र सिहदरबारदेखि नै कर्मचारी आन्दोलित भएका थिए ।

मंगलबार कञ्चनपुर सहित देशभरी राजपत्र अनकित अर्थात नासुदेखि तलका सबै कर्मचारी आन्दोलित भएका हुन । समाजवादको लक्ष्य अघि सारेका राजनीतिक दलहरु काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपा सरकारमा हुँदाहुँदै चालु आर्थिक बर्ष २०७९÷०८० को बजेट वक्तव्य मार्फत समेत सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतका दरले बृद्धि गर्ने घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको दोस्रो पटक अर्थमन्त्रालयमा ईनिङ्ग भएपछि माथिल्ला कर्मचारीप्रति दया, सद्भाव र तल्ला कर्मचारीमाथि विभेद वितृष्णा जगाएर समाजवाद बिरुद्धमा माथिल्ला कर्मचारीलाई मात्रै हेरेको कर्मचारीको आरोप छ ।

सबै तह र प्रकृतिका कर्मचारीको समस्या, काम उस्ता उस्तै भएपनि सरकारले तल्लो तहमा काम गर्ने कर्मचारीमाथि विभेद, मनोबल गिराउने काम गरेको भन्दै कर्मचारीले अर्थमन्त्री र सरकारको बिरोध गरेका छन ।

कोरोना महामारीले अर्थतन्त्र धरासायी भईरहेका बेला कर्मचारीको १५ प्रतिशतमात्रै तलब बृद्धि गरेको सरकारले फेरी एकाएक माथिल्ला कर्मचारीको २४-२५  प्रतिशत तलब बृद्धि गर्नु सानाकाे नगर्नु असमान मात्र नभई अपराध भएको समेत कर्मचारीको दुखेसो छ । भुई मान्छे र तल्लो स्तरका कर्मचारी नागरिकको जिवनस्तर बृद्धि गछौं भन्दै युद्ध गरेर सरकारमा गएका अर्थमन्त्री शर्माले कुर्सी पाएपछि माथिल्ला तहका कर्मचारी, व्यवसायी र मानिस बाहेक अरुलाई मानिसको दर्जा समेत नदिएको यो ज्वलन्त उदाहरण भएको कर्मचारीको भनाई छ ।

देशभरीका सामुदायिक विद्यालय, संस्थानमा कर्मचारी तल्ला स्तरका कर्मचारी, शिक्षक अझैपनि न्यून तलबमा काम गर्दै आएका छन । 'अहिले चोर बाटोबाट माथिल्ला कर्मचारीको तलब बृद्धि सत्ताधारी पार्टीले चुनावमा चन्दाका लागि हो, 'एक कर्मचारीले भने, 'माथिल्लाबाट चन्दा र तल्ला कर्मचारीलाई चुनावमा परिचालन गर्ने रणनीति हो ।' बाम-लोकतान्त्रिक सरकारको यो कदमले अर्थतन्त्र डामाडोल र कर्मचारीमाथि विभेद गर्ने काम मात्रै भएको बताएका छन ।

तत्तकालिन माओवादी नेता डा. बाबुराम भट्टराई र एमाले नेता विष्णू पौडेल हुँदा समान रुपमा हजारका दरले सबै
कर्मचारीको पारिश्रमिक बृद्धि गरेको विषयलाई अहिले देशभरीका कर्मचारी दुवै नेतालाई सम्झिरहेका छन ।

नेपाल निजामती कर्मचारी संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष ओमकार प्रशाद विष्टले संघीय निजामती कर्मचारीको ऐन आउने बेला नै सेवा सुविधा संकुचित गर्नका लागि मार्यादाक्रम मिलाउने नाममा बृद्धि गरिएको तलब बिरुद्धमा मगलबार कञ्चनपुरका राजपत्र अनकित कर्मचारी आन्दोलनमा उत्रिएको बताए । उनले जिल्लाभरीका सरकारी कार्यालयमा कार्यरत राजपत्र अनकित कर्मचारी विदामा बसेका बताए  ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति कञ्चनपुरका अध्यक्ष भान बहादुर महराले बजेट वक्तव्य बिरुद्धमा माथिल्ला र तल्ला स्तरका कर्मचारीको तलब बृद्धिमा चरम विभेद गरिएको बताए । उनले राजपत्राङकित र अनकित कर्मचारीविच ठुलो खाडल हुने गरी सरकारले अश्वभाविक रुपमा बृद्धि गरिएको तलबका साथ साथै अन्य बृद्धि विकासका लागि आन्दोलनमा उत्रिएको बताए ।

'हामीले राजपत्राङकित कर्मचारीको तलब बृद्धिको बिरोधमा होईन, 'उनले भने, 'बजेट वक्यव्य बिरुद्ध, विभेदखाले र चोरबाटोबाट भएकाले हामी विभेद र अन्यायका बिरुद्धमा आवाज उठाईरहेका छौं ।

विगतमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा श्रेणी बिहिनदेखि मुख्यसचिवसम्म समान रुपमा तलब बृद्धि गरिएको थियो, सो नेपालको हकमा सरानिय भएको बताए नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुरले अर्थ मन्त्रालयका कर्मचारीबाट बदमासी हुँदा सरकारकै बदनाम भएको बताए ।

'सरकारले कर्मचारी विच चरम विभेद गरेको छ, 'उनले भने, 'यस्तो विभेदका विच सरकारले जनताका लागि प्रदान गर्ने सेवा सुविधा प्रभावकारी हुँदैनन ।' चोर बाटोबाट माथिल्ला कर्मचारीलाई खुसी पार्नका लागि गरिएको यो कार्य निन्दनिय गैर कानुनी कर्मचारीको हित विपरित भएको समेत उनले बताए । एकीकृत सरकारी कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष देवदत्त जोशी कर्मचारीमा विभेद ल्याउने गरी गरिएको अर्थमन्त्रालयको निर्णय बेठिक भएको बताए ।

'यो सरासर गलत भएको छ, ' उनले भने, 'निर्णय नसच्याएर अन्यायमा परेका कर्मचारीले देशभरी थप आन्दोलन गर्दछ ।' राजपत्र अनकित कर्मचारीको आन्दोलनका कारण कञ्चनपुरको सेवा प्रभाव प्रभावित भएको छ ।

कर्मचारीको तलब बृद्धि प्रकरणमा शुरुवाती चरणदेखि नै अर्थमन्त्री शर्माको पाटी भित्र बाहिर र नागरिकका आलोचना भईरहेको छ । अर्थतन्त्र धरापमा परेका बेला कर्मचारीको तलब बृद्धि, आफु मुछिएसंगै माथिल्ला कर्मचारीको तलबमा भारी बृद्धि, निम्नस्तरका कर्मचारीमाथि चरम विभेद गरेको भन्दै आलोचना भईरहेको छ । सोमबार निजामती कर्मचारी संघ संगठनका पदाधिकारीसंग अर्थमन्त्री शर्माले बजेट बक्तव्य अनुरूप नै तलब दिने, बृद्धि गरिएको तलब कार्यान्वयन नगर्ने नै र कार्यदल नै बनाएर तलब बृद्धि गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>