Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २६ गते बिहिबार

सदुरपश्चिमा थपिए ३५ हजार बढी मतादाता, जिल्ला अनुसार यस्तो छ संख्या

निर्वाचन आयोगले देशैभर स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछी प्रर्तिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारी स्वरुप नयाँ मतदाता नामावली संकलन सुरु गरेको थियो । यस क्रममा सुदूरपश्चिम प्रदेशमा ३५ हजार २ सय ६१  नयाँ मतदाता थपिएका छन ।
 प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट संकलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिए । उनका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३, कञ्चनपुरमा ९ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन ।
 यस्तै यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 
“नयाँ आएका नामावलीहरुको साताभित्र आयोगमा पठाइसक्ने र भदौ मसान्त सम्मा अन्तिम नामावली प्रकाशित आयोगबाट हुन्छ ।” प्रदेश कार्यालय प्रमुख भट्टले भने, यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरुले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न पाउनेछन । 
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>