Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ साउन २७ गते शुक्रबार

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ ।

परिषद्ले सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्न/भराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थामा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो ।

परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ बमोजिम आवेदन खुला गरेको जनाएको छ । परिषद्ले यस अघि नै अन्य चिकित्सा शिक्षाको भर्ना खोलेपनि नर्सिङ कलेजको अनुगमन बाँकी रहेको भन्दै नर्सको भर्ना आवेदन रोकेको थियो ।

परिषद्ले शैक्षिक सत्र २०७९/८० मा प्रि–डिप्लोमा तहको प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरेको छ । परिषद्का आङ्गिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षालयहरूमा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूमा २६ गतेसम्म तोकिएको सम्म थियो । तर, तोकिएको समयभित्र शिक्षण संस्थाहरूमा न्यून संख्यामा आवेदनहरू परेको भन्दै आवेदन फाराम भर्ने म्याद थप गरिदिन अनुरोध भएकोले म्याद थप गरेको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>