Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
मसुरिया
२०७९ साउन ३० गते सोमबार

घुस काण्ड प्रमाणित नभएपछि विद्यालयमा काङ्ग्रेसको दादागिरी, नगर सचिव सहित नगरपालिका सदस्य द्वारा सुन्नै नसकिने स्तरका गालीगलौज (अडियो सहित)


कैलाली, प्रअले घुस लिएको आरोप पुष्टि हुन नसकेपछि  जनप्रिय माध्यमिक विद्यालयमा तालाबन्दी गर्दै आएको समुहले लेखापाललाई कार्यकक्षमा अभद्र दुर्व्यवहार गर्दै गाली गरेका छन् ।

तालाबन्दीको नेतृत्व गरिरहेका तथा आफुलाई सामाजिक तथा भ्रष्टाचार विरुद्धको अभियान्ता रुपमा परिचय दिदै आएका नेपाली कांग्रेस गौरीगंगा नगर सचिव समेत रहेका दिनेश कलेलले सो विद्यालयका लेखापाल सुर्य प्रसाद गौतम माथि कार्यकक्षमा अभद्र दुर्व्यवहार गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक धनीदत्त भट्टले कार्यालय सहयोगी राख्न ३० हजार रुपैयाँ लिएको प्रमाणित हुने आधार फेला नपरे पछि कलेलले विद्यालयमा भट्टको कार्यकालमा खरिद गरिएका सामाग्रीको बिल भरपाई, कर्मचारी नियुक्ति, भवन निर्माण लगायतका सम्पूर्ण कागजपत्रको फोटोकपी माग गर्दै  गुण्डागर्दी शैली प्रर्दशन गरेका कर्मचारि र स्थानियकाे आराेप छ ।

गौतमलाई गौरीगंगा नगर कार्यपालिका सदस्य बिशाल खवास र जिल्ला समन्वय समिति कैलाली प्रमुख तथा नेपाली कांग्रेसका नेता पदमबहादुर कलेलका छोरा सहितको समुहले गालीगलौज गरेको छ । सो समुहलाई हातपातको प्रयास गर्न उक्साउन विद्यालयका पुर्व प्रध्यानाध्यापक जंग बहादुर देउवा पनि लागेको अडियोमा सुन्निन्छ ।

विद्यालय भित्र र बाहिरबाट घेराबन्दी गर्न लागी पर्नुले योजना र निति निर्माण तहमा समन्वयकारी भुमिका निर्वाह गरी समस्याको समाधान गर्नुपर्ने व्यक्तिहरु सुनियोजित रुपमा लागेको प्रस्ट भएको, विद्यालयमा सुधारको प्रयास गरेका  धनीदत्त भट्टलाई हटाउने विद्यालय भित्र र बाहिरबाट संगठित रूपमा जिम्मेवार व्यक्तिहरु लागेको नाम उल्लेख नगर्ने सर्तमा एक जना अभिभावकले बताएका छन् ।

दिनेश कलेललाई सम्बन्धित निकायको अधिकारिक पत्र वा बिद्यालय ब्यावस्थापन समितिको निर्णय अनुसार अनुमति भए मात्र आफुले सम्पुर्ण कागजात दिन सक्ने बताएका गौतमलाई कार्यकक्षबाट बाहिर ल्याएर गालीगलौज गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलले विद्यालयको तालाबन्दी खोलेको बिषयलाई लिएर केही दिन अगाडि एक जना स्थानीयलाई फाेनमा धम्किपुर्ण भाषामा कुरा गरेका थिए ।

घुस लिएको काण्ड प्रमाणित हुन नसकेपछि आफ्नो योजनालाई जबरजस्ती प्रमाणित गर्न काङ्ग्रेसका नेताहरुले विद्यालयमा राजनीति गर्न खोजेको स्थानीय बासिन्दा प्रितम सिंहले बताएका छन्   ।

आफुलाई सामाजिक सुधारको रुपमा प्रस्तुत गर्ने कलेलको धम्कीयुक्त १० मिनेट १२ सेकेन्डको अडियो समृद्धि पोस्टलाई प्राप्त भएको छ । बाहिर आउ भन्दै आफुले मागेको सुचना दिन नमानेको भन्दै लेखापाल गौतमलाई कार्यकक्षमै काम गरिरहेको समयमा समाजमा अपाच्य हुने स्तरका गालीगलौज गर्दै ट्वाइलेटमा थुन्ने सम्मको धम्कीपुर्ण हर्कत गरेकाे अडियाेमा सुनिन्छ ।

समृद्धि पाेष्ट संगकाे कुराकानिमा उनले भने दुई सय जना स्थानियको हस्ताक्षर सहित सुचना माग गरेको थिए  निवेदन अनुसारका सबै कागजात पाउनु पर्ने थियाे तर दिन नमानेपछि आफुले आक्रोशमा विद्यालय हाताभित्र अभद्र व्यवहार गरेको स्वीकार गरेका छन् ।

कार्यालय सहयोगी नियुक्ति भएको करिब २ महिना पछि घुस लिएको भन्दै सुनियोजित रुपमा योजना रचीएको र प्रमाणीत हुने आधार नदेखिएपछि के कसरी हुन्छ विद्यालयमा विवाद सृजना गर्न खोजेको देखिएको वडा नं ८ का निवर्तमान वडा अध्यक्ष तुलाराम सापकोटाले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान र उक्त दरखास्तमा चौधरीको मात्र निवेदन परेको थियो ।  विद्यालयका प्रअले कृष्णलाई जागिर लगाइदिने भन्दै ३० हजार घुस लिएको दाबी गर्दै पसलको रसिद सहितको समाचार आएको थियो । 

कार्यालय सहयोगी कृष्ण चौधरीले घुस नभइ पैंसा पठाउन सहयोग गरेको र अनुप पुस्तक पसल मसुरियाबाट इसेवा मार्फत पैंसा पठाइ साउन १४ गते ३० हजार बुझाएर रसिद लिएर सो रसिद पदम कलेल (हाल जिल्ला समन्वय समिति कैलालीका प्रमुख) लाई देखाएको थिए ।

सोही रसिदलाई घुस लिएको प्रमाण भन्दै दिनेश कलेलले आफ्नो चरित्र हत्या तथा विद्यालयको बदनाम गरि तालाबन्दी गरेको र जुनसुकै बेला कुटपिट गर्ने धम्की दिएको प्रध्यानाध्यापक धनीदत्त भट्टले बताएका छन् ।कलेल समेतले सुचना माग गरेकाे निवेदन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>