Samriddhipost
२०८२ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ३१ गते सोमबार

राधाकृष्ण मन्दिरमा ५ दिन सम्म श्रीकृष्ण लिला महाेत्सव हुने

गौ सेवा अक्षयकोष निर्माणार्थ एवं राधाकृष्ण मन्दिरको समग्र विकास गर्ने उद्देश्यका साथ भदौं १ गते देखि भदौं ५ गते सम्म सहस्र शालिग्राम पूजाआर्चना सहित दिव्य श्रीकृष्ण लीला महोत्सव २०७९ आयोजना गरिएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ पीपल चौतारा, कटान राधा कृष्ण मन्दिर संरक्षण समिति तथा लोक कल्याणकारी सेवा ट्रष्टको संयुक्त आयोजनामा गौं सेवा अक्षयकोष निर्माणर्थ आयोजित महोत्वस सुदूरपश्चिम प्रदेशमै पहिलो हुन लागेको हो । जसका लागि राष्ट्रिय कलाकारहरुबाट अभिनयका साथै भजन संगीत हुने छ भने नेपालका राष्ट्रका ऐतिहासिक जगदगुरु बालसंत महाराजका कृपापात्र, लोक कल्याणकारी सेवा ट्रष्टका परमाध्यक्ष, हिन्दु संस्कृति संघका अन्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक हरिशरण महाराजले प्रवचन दिने छन् ।

कार्यक्रम भदौं १ गते विहान ११ः३० बजे उद्दघाटन भई कथावाचन हुनेछ, प्रत्येक दिन २ बजे देखि ५ बजे सम्म कृष्ण लीला गरिने छ भने साँझ ५ः१५ बजे आरती र प्रसाद ग्रहण कार्यक्रम रहेको छ । त्यस पश्चात पुनः साँझ ७ बजे देखि १० बजे कृष्ण लीला हुने छ । त्यसैगरी प्रत्येक दिन विहान ७ बजे देखि साँझ ६ बजे सम्म १००८ शालिग्राम (शिला) दर्शन तथा प्रदक्षिणाः कार्यक्रम रहेको मुल आयोजक समितिले जनाएको छ ।

बाटोमा छाडिएका गाई जुन आज तड्पिएर मर्न बाध्यछन् तिनीहरुको सेवाको लागि अक्षयकोष निर्माण गर्न तथा राधाकृष्ण मन्दिरको समग्र विकास एवं यस भेगमा अहिलेका युवा पिडीमा कुलतमा हिडिरहेका बालबालिकाहरुलाई आध्यात्मिक, नैतिकवान, कर्मनिष्ट, धर्मवान, राष्ट्रप्रेमी, समाजसेवी एवं उनीहरुलाई आफ्नो मौलिक संस्कृतीको ज्ञान दिनको लागि पनि यस कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>