Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ साउन ३० गते सोमबार

कैलाली, बाल कल्याण संघ टीकापुर, दिगो विकास समाज भजनी र वल्ड भिजन ईन्टरनेशनल नेपालले आफुले गरेका कामको वार्षिक सामिक्ष गरेका छन् ।

टीकापुरमा भएको समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम कलेलले संघ सस्थाले गरेका केहि कामहरु राम्रा भएका बताउनु भएको छ । संघ संस्थाको सहयोगमा केहि नागरिकहरुले राम्रो आम्दानी गरीरहेको देखिएको र यसले गर्दा उहाँहरुको जिविकोपार्जनमा टेवा पुगेको बताउनु भयो । उहाँले कुनै पनि संघ संस्थाले काम गर्दा आफ्नो क्षेत्रलाई अली फराकीलो बनाउँदै लैजानु पर्ने र त्यसबाट अरुले पनि सिक्न जरुरी रहेको बताउनु भयो ।

घोडाघोडी नगरपालिका प्रमुख खडक राउतले पालिकाको उद्देश्य भनेको गरिबी घटाउने रहेकोले घोडाघोडी नगरपालिका कृर्षी क्षेत्रमा जोड दिएर काम गरिरहेको बताउनुभयो । उहाँले किसानहरुको लागत घटाउन सके गरिबी घटेर जाने बताउँदै अवका दिनमा सबैले यस विषयमा सोच्न जरुरी रहेको बताउनु भयो ।

गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले संघ संस्थाले समाजमा पछाडी परेका बालबालिका र आयआर्जनको क्षेत्रमा राम्रो काम गरेको र अवका दिनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । कार्यक्रममा टीकापुर नगरपालिका- ८ वडा अध्यक्ष दिर्घ ठकुल्ला, भजनी नगरपालिका निमित्त प्रमुख प्रशासिकय अधिकृत चन्द्रदेव भट्ट, वडा न. ५ का कार्यवहाक वडा अध्यक्ष राजेन्द्र खनाल, टीकापुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसी लगायतले बोल्नु भएको थियो ।

बालकल्ण संघ टीकापुरका सुगम रेम्मी, दिगो विकास समाज भजनीका सन्तराम चौधरी, वल्ड भिजन ईन्टरनेशनल नेपालका मंगलबहादुर शाहले संस्थाले समुदायमा गरेका कामका बारेमा जानकारी गराउनु भएको थियो ।

जिल्ला परियोजना सल्लाहकार समिति कैलालीको आयोजनामा भएको कार्यक्रमलाई आर्थिक तथा प्राविधीक सहयोग बाल कल्याणसंघ टीकापुर, दिगो विकास समाज भजनी र वल्ड भिजन ईन्टरनेशनल नेपालको रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>