Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ३१ गते मङ्गलबार

फिर्ता पठाउन नपाइने शर्तमा दैनिक १५ लाख रेमिट्यान्स भित्राउन पाईने ।

नेपाल राष्ट्र बैंकले दैनिक विप्रेषण आप्रवाहको सीमा बढाएको छ । कुनै व्यक्ति वा फर्मले विभिन्न शुल्क, चार्ज वा रेमिट्यान्सको रुपमा विदेशबाट नेपालीको खातामा वा कुनै फर्म वा कम्पनीको नाममा पैसा पठाउँदा दैनिक १५ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरेको हो । तर, यस्तो आप्रवाह फिर्ता गर्न नपाइने बैंकले जनाएको छ ।

विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र–२०७८ जारी गर्दै बैंकले नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशी (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख रुपैयाँसम्म एकैपटक वा पटकपटक गरी ल्याउन सकिने बताएको छ ।

यस्तो व्यवस्था यसअघि दैनिक १० लाख रुपैयाँसम्म मात्र भित्र्याउन पाइने व्यवस्था रहेको थियो । तर, यसरी भित्र्याइने विप्रेषणको उल्लेखित ढाँचामा मासिक रुपमा कारोबारको तथ्याङ्क राखी बैंकको सम्बन्धित विभागमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>