Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ३१ गते मङ्गलबार

तेस्राे पटक तेलकाे मूल्य घटेर आउदा समेत आयल निगमले घटाएन तेलकाे मूल्य ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेपनि समायोजनमा आनाकानी गरेको छ। भारतीय आयल निगमलाई तिर्ने बक्यौता धेरै रहेको बहाना बनाउँदै निगमले नाफा हुँदाहुँदै पनि मूल्य घटाउन आनाकानी गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ रुपैयाँ घाटा देखाएको छ । हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाइएको छ। 

निगमले आफ्ना कर्मचारीलाई बोनस र विभिन्न शीर्षकमा सुविधा दिँदै आएको छ भने उपभोक्तालाई चाहिँ लगातार तीन पटक मूल्य घटेर आउँदा पनि समायोजन गरेको छैन । जबकी निगमले स्वचालित मूल्य प्रणाली भन्दै बढेको बेलामा चाहिँ विगतमा भाउ बढाउँदै आएको थियो । 

मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा  तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>