Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ ०१ गते बुधबार

दार्चुला दुर्घटना अपडेट,  ६ घाईतेकाे खुल्याे परिचय

दार्चुला दुर्घटनामा घाईतेकाे परिचय खुलेकाे छ । घाइते हुने ५ जना मालिकार्जुन गाउँपालिका र १ जना महाकाली नगरपालिकाका रहेका छन् । उनीहरुको गोकुलेश्वरस्थित अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ९ जना घाइते भएका मध्ये सिकिस्त भएका ३ परिचय अझै नखुलेको जनाएको
छ।

प्रहरीका अनुसार मालिकार्जुन गाउँपालिका ३ की ५० वर्षीया गोमती देवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी र सोही गाउँपालिका वडा नं. ६ की ४० वर्षीया रेवती धामी र  महाकाली नगरपालिका-३ का ३५ वर्षीय रमेश लुहार पनि घाइते छन् । उनीहरुको अवस्था चिन्तामुक्त रहेको छ ।

बुधबार दिउसो शैल्यशिखर नगरपालिका-६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको थियो । जीपको अगाडिको टायर फुत्किदा दुर्घटना भएको अनुमान गरिएको छ । जीप सडकबाट करिब अढाई सय मिटर तल भीरमा खसेको थियो । मृत्यु हुने ४ पुरुष र १ जना महिलाको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>