Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ०२ गते बिहिबार

राप्ति नदि पार गर्दै गर्दा २५ बिध्यार्थि सहित डुङ्गा पल्टियाे ।
साङ्केतिक तस्बिर

दाङमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।  ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन्

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताए । लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरू सवार डुंगा दुर्घटनामा परेको हो । 
दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए । 

लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा  कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रिमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>