Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ०५ गते आइतबार

दिवंगत कांग्रेस नेता प्रदीप गिरिको पार्थिव शरिरमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका छन् । काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको उनको पार्थिव शरिरमा प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका हुन् ।

त्यस अवसरमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेका थियो । यसअघि मेडिसिटी अस्पतालमा पनि पुगेर विभिन्न राजनीतिक दलका नेताहरुले उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेता गिरिको आजै अपरान्ह २ बजेपछि अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ । नेपाली राजनीतिमा बौद्धिक नेताको पहिचान बनाउन भएका नेता गिरी घाँटीको क्यान्सरबाट पीडित थिए । नेताहरुले उनको बौद्धिकताको अभाव नेपाली राजनीतिमा सदा खट्किरहने बताएका छन् ।

कर्मले, लेखनले, विचारले, समयले र परिश्रमले नेपालको समाजवादी आन्दोलनको सबैभन्दा अग्ला व्यक्तित्व गिरी भएको पनि सामाजिक सञ्जालहरुमार्फत् नेताहरुले टिप्पणी गरेका छन् । निष्ठामा अडिग इमान्दार जनप्रतिनिधिको रुपमा पनि उनलाई सबैले चिन्ने गरेका थिए ।

गिरीकै निधनका कारण आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित गरिएको छ । गिरीको ७५ वर्षको उमेरमा गएराति साँढे नौ बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>