Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०५ गते आइतबार

उत्तरी लमजुङको ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युतगृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।  अर्ध भूमिगत विद्युत् गृह निर्माणका लागि आयोजनाले करिब चार सय मिटर सुरुङ मार्ग निर्माण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत भइरहेको छ ।

मर्स्याङ्दी गाउँपालिका–६ डहरेमाथि निर्माण हुने ड्याम साइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी छ । यो कार्य दुई महिनामा पूरा हुने आयोजनाले जनाएको छ । विद्युत् गृह नाइँचे गाउँ नजिकै बन्नेछ । हेलिकप्टरमार्फत (एयरलिफ्ट गरी) सामान पुर्‍याएर बाँध र ड्याम साइडबाट सडक खन्ने कार्यसमेत भइरहेको छ ।

आयोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङका अनुसार सात किलोमिटरको सुरुङ मार्गमा काम भइरहेको छ । विद्युत् गृह पुग्ने पहुँच मार्ग पूरा भएपछि विद्युत् गृहको काम सुरु हुनेछ ।  आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी दुई वर्षभित्र (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । वर्षातको ६ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद बिक्री हुनेछ ।

हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको उक्त आयोजना सक्न सात अर्ब रुपैयाँ लागत प्रक्षेपण गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाँ (७५ प्रतिशत) ऋण लगानी गर्नेछ ।

प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) रहनेछ । वार्षिक २३ करोड ५७ लाख ६० हजार युनिट (२३५.७६ मेगावाट घन्टा) विद्युत् उत्पादन हुने विद्युत्लाई विद्युतगृहदेखि ११ किलोमिटर टाढाको टारी कुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिनेछ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>