Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०५ गते आइतबार

ठेक्का हत्याउने समयमा काम नसक्ने ठेकेदार  कम्पनिमा जनस्यमंसेवककाे चेतावनी  ।

नेकपा बहुमत को साहयक संगठन युवा जनस्वयमसेवक नेपाल ले देशभरि नै राजनितीक गतिविधि तिव्ररुपमा बढाएको छ।

देश भरनै राज्यले गर्ने हरेक नकारात्मक गतिविधिहरु लाई खवरदारी गर्दै अगाडि बढिरहेको छ,यसै क्रममा युवा जनस्वयमसेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रा.लि. कम्पनी का सञ्चालक भिम साउदले निर्माणकार्य गरेको चरम लापरबाही लाई खवरदारी गर्दै श्रावण २९ गते सडक डिभिजन कार्यलय महेन्द्रनगर मार्फत पुर्वाधार विकास तथा यातायात मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको थियोे ।

  निर्माण कम्पनी र सञ्चालकले कुनै चासो नदेखाएको भन्दै आज निमार्ण कार्य भिमदत्त नगरपालिका ११ भुजेला माताकुटिया नजिक निर्माणाधीन अवस्थामा रहेको पुल नजिकै कार्यलय मा कालो टास्दै निमार्ण कम्पनी द्वारा गरिएका कामहरुको बारेमा कालो व्यानर टासिंएको छ।

व्यानर मा लेखिएका बुदाहरु

राजेन्द्र निर्माण सेवा प्रा लि भिम साउद का गैरजिम्मेवारपुर्ण काला कर्तुत 

- उक्त निर्माण कम्पनीका सञ्चालक भिम साउदले सत्ताको आडमा चरम लापरबाही गरेका निम्न कार्यहरु

 - मुसेपानि खोला पुल को सम्झौता २०७४/२/१०
 सक्नुपर्ने मिति २०७७/२ /१० - २०७८/१२/३० गते
।भुजेला खोला माताकुटिया पुल सम्झौता २०७४/२/७
 सक्नुपर्ने मिति२०७५/८/५ - २०७८/१२/३० ।
कामिकाटे पुल सम्झौता मिति २०७४/२/७ 
सक्नुपर्ने २०७५/९/५ - २०७८/११/२९ गते

  देखतभुलि पुल सम्झौता मिति २०७२/९/२६
सक्नुपर्ने मिति २०७५र९र२५ र २०७७/१०/२५ गते 
। दैजि- बेल्डाँडि हुलाकि सडक सम्झौता मिति२०७३/११/१
सक्नुपर्ने मिति २०७६/५/१५ - २०७८/१२/३० गते 

- उक्त निर्माणाधिन अवस्थामा रहेका पुल र सडकहरुमा कमसल खालको मेटरियल प्रयोग गरेको जस्का कारण पुलहरु भत्किन सुरु भएको पाईएकाले।
उक्त निर्माण कम्पनी मा कार्यरत कर्मचारी र मजदुरहरुको 
पारिश्रमिक ज्याला विगत २र३ बर्षदेखि नदिएको पाईएकाले ।
- दैजि- बेल्डाँडि- धनगढी हुलाकी निर्माण कार्य सडकमा चरम लापरबाही भएका कारण जनताहरुले दैनिक सास्ती खेप्नु परेकाले राजेन्द्र निर्माण सेवा प्रालि द्वारा गरिएका गैरजिम्मेवारीपूर्ण काला कर्तुत र कम्पनी का सञ्चालक भिम साउद नेपाल कांग्रेस का जिल्ला सभापति तथा पुर्व पर्शुराम नगरपालि का मेयर पनि हुन भनेर कालो व्यानर र पर्चा टासिंएको युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर का जिल्ला ईन्चार्ज दिपेन्द्र सिह एरी ले बताएका छन । उक्त कार्य तत्काल सुचारु नगरे अझै संघर्षका कार्यक्रम अघि बढाउने जनाएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>