Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
मसुरिया
पुष्कर अवस्थी पुष्कर अवस्थी
२०७९ भदौ ०६ गते सोमबार

स्काउट र ट्रफिककाे समन्वयमा बिद्यार्थिलाई जनचेतना कार्यक्रम सम्पन्न  ।

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजना र स्थानीय स्काउट तदर्थ समिति गौरिगंगा नगरपालिका कैलालीको ट्राफिकसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न ।

गौरिगंगा नगरपालिका वडा- ८ मा अवस्थित श्री जनपृय माध्यमिक  विधालयमा साेमवार एक कार्यक्रम बिच मास्क हस्तान्तरण, लागू पदार्थ दुर्व्यसनी  तथा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

स्काउट  गौरिगंगा नगरपालिका कैलाली प्रशिक्षक पुष्कर अवस्थी ले उक्त विधालयका सहायक प्रधानाध्यापक श्री छत्र बहादुर बोहरा  ज्युलाई मास्क हस्तान्तरण गर्नु भएको थियोे । 

ट्राफिक नियम :
१) बाटो काट्दा जहिलेपनि जेब्रा क्रसिङ बाट मात्र बाटो काट्ने
२)जेब्रा क्रसिङ नभएको ठाउँमा साना भाइबहिनीहरुले अभिभावकसँग बाटो काट्ने,
३)ठुला भाइबहिनीहरुले दायाँ बायाँ हेरेर गाडी नआएको सुनिश्चित भएपछि मात्र बाटो काट्ने,
४)ट्राफिक बत्ती भएको ठाउँमा हरियो बत्ति बलेको बेला मात्र बाटो काट्ने ,
५)बाटोको दायाँ बायाँमा  हिड्दा किनारामा मात्र हिड्ने , ६)बाटोमा नखेल्ने  ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तपाईं हामी सबैको दायित्व रहेको अस्थाई ट्राफिक पोष्ट मसुरियाका प्रहरी सहायक निरीक्षक वीर बहादुर बिष्टले बताएका छन् । उनका अनुसार बाटो काट्दा सावधानी पुर्वक बाटो काट्नु पर्ने समेत बताएका हुन् ।

नेपाल प्रहरी का तर्फबाट बरिस्ठ हवल्दार श्री गणेश बहादुर बोगटीले लागुपदार्थ भनेको  के हो ? यस्मा हुने कानुनी सजाय  ? लागुपदार्थ का सेवन गर्ने व्यत्ती का लक्षण  ? भन्ने विषयमा विधालयका बालबालिकालाई  प्रशिक्षण दिएका छन् । विद्यार्थीहरुलाई कक्षा सहजीकरणमा शिक्षक  र ट्राफिक प्रहरी हवल्दार श्री समीर चन्दज्युले सहयोग गर्नु भएको थियो ।

विद्यार्थीहरुका अनुसार ट्राफिक नियम, लागुपदार्थ  र नेपाल स्काउट सम्बन्धि विभिन्न जानकारिमुलक कुरा सिक्न पाउँदा आफुहरु खुशी भएको बताएका छन् ।कार्यक्रमले परोपकार र सेवामा लाग्ने युवालाई नेपाल स्काउटमा जोड्न अभिप्रेरित गर्ने प्रशिक्षक अवस्थिले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>