Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ०७ गते मङ्गलबार

कंचनपुरमा बन्द गराउन हिडेका ३ जना पक्राउ, बिना कारण पक्राउ गर्याे नेकपा विप्लप ।

कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता पक्राउ परेका छन्।

मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ कंचनपुर प्रहरिले जनाएकाे छ ।

नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन्। बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएकाहरुको तत्काल रिहाइ गरिनुपर्ने बताए।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने,असमान सन्धि सम्झौता खारेज,महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ।

विहानै देखि कञ्चनपुरकाे महेन्द्रनगरबाट छुटने लामाे तथा छाेटाे दुरीका सबै सवारी साधा ठप्प छन् । बजार पुर्ण रूपले बन्द छ, भने जनजिवन अस्त व्यस्त बनेकाे छ । बेलुका ५ बजे पछि भने सवारी साधन चल्ने सम्भावना छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>