Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ ०७ गते मङ्गलबार

रतनपुरकाे सिद्धनाथ मन्दिरकाे तारबार उखेल्नेमाथी कार्वाहिकाे माग, मान्छे खाेज्दैछाैँ प्रहरि

बेलौरी नगरपालिका ९ रतनपुर स्थित सिद्धनाथ मन्दिर समितिले आफ्नो क्षेत्रमा घेरबार गरेका तारबारका पोल उखेल्नेमाथि कार्बाहीको माग अघि सारेर मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा धर्ना दिएका छन ।

मंगलबार मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले मन्दिरका पोल भत्काउनेमाथि प्रहरीले संरक्षण गरेको आरोपमा ईप्रकाको मुल गेटमै बसेर धर्ना दिएका छन । सिद्धनाथ मन्दिर समितिका कोषाध्यक्ष दिपकराज भट्टले बिरेन्द्र साउद र प्रकास भट्टले गाडिएका २२ पोल उखेलेर लगेपछि कार्बाहीको माग अघि सारेर प्रहरीमा धर्ना दिन आएको बताए ।

‘मन्दिर समितिको काममा उहाँहरुले पहिलेदेखि नै विवाद गर्दै आएका थिए, ‘उनले भने, ‘अहिले आएर पोल नै उखेलिदिए हामी कार्बाहीको माग अघि सारेर ईप्रकामा धर्ना दिन आएका छौँ ।’ एकातिर मन्दिरको जमिनमा रजाई गर्ने अर्कातिर मन्दिरको काममा बाधा व्यवधान पुर्याउने भन्दै स्थानीयले पोल भत्काउनेमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।

मन्दिर मन्दिरले स्थानीयलाई सडक उपभोगका लागि ४मिटर सडक दिने सहमती गरेपनि उनीहरुले नमानेको स्थानीय बलदेब भट्टले जानकारी गराउनु भयो । पोल भत्काएको विषयमा पदम साउदसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । ईप्रका बेलडाँडीका इन्चार्ज दिपक पातलीले मन्दिरका पोल भत्काउनेको खोजी कार्य भईरहेको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>