महेन्द्रनगर - राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर आइबारदेखि बाघ गणना गर्दैछ । ४\४ वर्षमा गरिने बाघ गणना चिवनबाट सुरु हुनेछ । चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिसकेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पालो आउनेछ ।
सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्य अनुसार गणनाको तयारी भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए ।
उनका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रसियामा भएको राष्ट्र प्रमुखहरुको पिटरवर्ग समिटले २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरिएको थियो ।
त्यसबेला सन् २०१० मा नेपालमा १ सय २५ बाघ थिए । अहिले बढेर २ सय ३५ पुगेको छ । नेपालमा सन् १९९५\९६ देखि बाघको गणना गरिएको उनले बताए । ‘त्यो बेला नेपालमा ९३ देखि ९७ वटा मात्रै बाघ थिए,’ उनले भने ।
सन् २०१८ मा भएको बाघ गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ वटा बाघ फेला परेका थिए । त्यसमध्ये ११ भाले, ७ पोथी र एक बाघको लिंग पहिचान भएको छैन्
बाघ गणना कसरी गरिन्छ ?
बाघ गणना ‘प्यानथ्रा’ क्यामेराको सहयोगमा गरिन्छ । जंगल तथा निकुञ्जमा क्यामेरा जडान गरिएको हुन्छ । बाघ हिड्ने रुटको दुवैपट्टि क्यामेरा फिट गरिन्छ ।
उक्त क्यामेराका अगाडि केही हलचल भयो भने ‘क्याप्चर’ भइहाल्छ । बाघ धेरै दौडिरहने भएकाले जंगलमा ३ हजार बढी क्यामेरा जडान गरिने छन् ।
क्यामेरामा कैद भएका फोटोलाई प्रत्येक दिन ल्याएर कम्प्युटरमा खन्याइनेछ । त्यसपछि ती फोटाहरुलाई विज्ञहरूले केलाउछन । बाघको पाटा र पञ्जा प्रत्येकको फरकफरक हुन्छ । त्यस कारण फोटोका आधारमा गणना गर्न सकिन्छ ।
विज्ञले छानेको फोटोलाई पनि विशेष प्रकारको सफ्टवेयरमा राखेर बाघ दोहोरिएको छ कि भनेर परीक्षण गरिन्छ । यसरी बाघ गणना गर्न जंगलमा १५ दिनदेखि १ महिना क्यामेरा राखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मेहताले बताए ।
‘प्रविधिको प्रयोग गरेर गरिएको गणनाबाट पनि निश्चित यति नै हो भनेर भन्न सकिदैन,’ उनले भने, ‘सर्वसाधारणलाई बुुझाउन बाघको संख्या अंकमा राखिन्छ ।’ बाघको पनि आ–आफ्नो इलाका हुन्छ । एउटा बाघ अर्काको इलाकामा खासै नजाने भएकाले पनि बाघ चिन्न धेरै गाह्रो नहुने उनको भनाई छ ।
‘सीमाक्षेत्रको बाघको हकमा पनि हामी भारतीय पक्षसँग समन्वय गरेर हाम्रो हो कि उनीहरूको हो भनेर पत्ता लगाउँछौं,’ उनले भने । वन्यजन्तु गणना गर्न विगतमा कठिन हुने गरेपनि अहिले प्रविधिको सहायताले सहज भएको मेहताको भनाई छ ।
‘पहिले पग मार्क (पञ्जा छाप) का आधारमा गणना गरिन्थ्यो,’ उनले भने, ‘त्यो तरिका क्यामेराको जति प्रभावकारी हुन्थेन्, अहिले क्यामेराले सहज भएको छ ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया