Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २९ गते शनिबार

सिद्धनाथको अध्यक्षमा पुनः धामी चयन

कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तीथलाको सिद्धनाथ आधारभूत विद्यालयको नेतृत्व फेरी विद्यार्थी नेता दल बहादुर धामी(अबिरल)कै काँधमा आएको छ ।

शुक्रबार १८औँ अभिभावक दिवसको अवसरमा आयोजित भेलाले फेरी अध्यक्षमा धामीलाई नै अघि सारेको हो । यस अघि पनि धामी नै उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए । तत्तकालिन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला अध्यक्ष समेत रहेका विद्यार्थी नेता धामी सामुदायिक विद्यालयको नेतृत्वमा आएका बेला पहिलो कार्यकालमा विद्यालय सुधार गरेपछि अभिभावकले फेरी उनैलाई अघि सारेको जनाएको छ । अभिभावक भेलाका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले निर्वाचित अध्यक्ष धामी सहितका पदाधिकारीहरुलाई गाँउको सामुदायिक विद्यालय सुधारका लागि अग्रीम शुभकामना दिएका छन । विद्यालय व्यवस्थापन समितिको दोस्रो कार्यकालको फेरी जिम्मेबारी पाएपछि अध्यक्ष दल बहादुर धामी(अबिरल)ले अभिभावकले आफुलाई गरेको विश्वास अनुरुप आगामी दिनमा थप विद्यालयको संस्थागत दीगो विकासका कामकाजमा खटिने प्रतिज्ञा गरेका छन । पहिलो कार्यकालमा धामी नेतृत्वमा विद्यालयमा भौतिक एव शैक्षिक सुधारका कार्यक्रम गरेपछि विद्यार्थी, अभिभावक एव समुदायबाट धामीको कामको प्रसंसा भएको थियो । अध्यक्ष धामीले समुदायिक विद्यालयको दीगो विकास भाषण भन्दा कामले हुने भन्दै निरन्तर विद्यालयको बृद्धि विकासका लागि शिक्षक, अभिभावक, समुदायक तीनै तहका सरकारले सहयोग गर्ने अपेक्षा राखेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>