Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १० गते शुक्रबार

कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।

उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिएकी छन् । 

केसीले भनिन्, ‘समावेशी सिद्धान्तको सुरुवात गर्ने माओवादी भएकाले सरकारलाई समावेशी गराउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाएर महिला सांसद शाह र रातो कामीलाई पठाउने निर्णय भएको हो ।’

मुख्यमन्त्रीले समावेशीताको कुरामा ख्याल नगरेका कारण माओवादी नै अग्रसर भएको केसीको भनाई छ ।
११ जना सांसद रहेको कर्णालीमा हालसम्म एकजना मुख्यमन्त्रीसहित ८ जना मन्त्री भइसकेका छन् भने एकजना उपसभामुख र बाँकी दुईजना मन्त्री हुन बाँकी छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>