Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ११ गते शनिबार

कंचनपुरकाे एकमात्र पालिकाले अटवारिमा २ दिन बिदा दियाे ।

कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायले मनाउने महत्त्वपूर्ण पर्व अटवारीकाे अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार एक शुभकामना सन्देश र स्थानीय बिदा सम्बन्धमा सूचना जारी गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतीलाल चौधरीले यही भदौ १२ र १३ गते बेलौरी नगरपालिका क्षेत्रभित्र दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन ।

बेलौरी नगरपालिकाको मिति २०७९ असार १० गते सम्पन्न भएको नवौँ नगर सभाको निर्णयानुसार अटवारी पर्वको अवसरमा मिति २०७९ भाद्र १२ र १३ गते बेलौरी नगरपालिका क्षेत्रभित्र दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको ब्यहोरा सबैमा जानकारी गरिन्छ ।" नगर प्रमुख पोती लाल चौधरीद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख छ ।

प्रदेश सरकारद्वारा कञ्चनपुर र कैलालीमा आइतबार  सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भने थारु समुदायको अटवारी पर्वका अवसरमा कञ्चनपुर र कैलालीमा आइतबार मात्रै सार्वजनिक बिदा दिएको छ । यस अघि भदौ १९ गते दिने भनिएको सो बिदा प्रदेश सरकार मन्त्री परिषद्को यही भदौ ९ गतेको निर्णय अनुसार यही भदौ १२ गते आइतबारका दिन सार्वजनिक बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीद्वारा हस्ताक्षरित पत्रका उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>