Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
काठमाडौं
२०७९ भदौ ११ गते शनिबार

मन्त्रि बडूकाे हातमा हथाैडा भएकाे भाईरल फाेटाे यस्ताे रहेछ ।
फाेटाे प्रकादत्त भट्टकाे बाल बाट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गरेका छन ।

बिहिबार पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गरेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका छन ।

मन्त्री बडूले यस पटकको अनुगमन औपचरिकतामा सीमित नहुने हामि रिजल्ट दिने गरी अनुगमनमा गएकाे बताएका छन । चाँडै नै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ ।” धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दसहित मन्त्री बडु फलाम खानी स्थल पुगेका थिए ।

मन्त्री बडूले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरी छलफल चले पनि निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले प्रशोधन उद्योग खोल्नका लागि उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको पनि निरीक्षण गरेका छन । लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ ।

यस अघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा सो क्षेत्रमा गरेको अध्ययनमा कच्चा फलामको भण्डार रहेको देखाएको थियो ।

खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप पाँच करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए । याे फाेटाे फलाम खानि अनुगमनमा गएका बखत कसैले खिचेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>