Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १३ गते सोमबार

सुदूरपश्चिममा ५० दल समेत देशभर ६८ दलले दिए समानुिातिक निर्वाचनका लागि दल दर्ता निवेदन

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन्।

आयोगले निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय दिएकोमा उक्त समयभित्र ६८ दलले निवेदन दिएका हुन।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ भाग लिन आयोगमा यसअघि ७६ दल दर्ता भएको थियो। तीमध्ये ७ दल समानुपातिकतर्फ प्रतिस्पर्धामा भाग नलिने भएका छन्।

यी दलका निवेदन हेरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई भदौ १५ मा आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने तयारी पनि गरेको छ।

प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रदेश नम्बर १ मा ५५ दल र मधेशमा ५९ दलले निवेदन दिएका छन्।

बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>