Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १३ गते सोमबार

सुदूरपश्चिममा ५० दल समेत देशभर ६८ दलले दिए समानुिातिक निर्वाचनका लागि दल दर्ता निवेदन

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन्।

आयोगले निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय दिएकोमा उक्त समयभित्र ६८ दलले निवेदन दिएका हुन।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ भाग लिन आयोगमा यसअघि ७६ दल दर्ता भएको थियो। तीमध्ये ७ दल समानुपातिकतर्फ प्रतिस्पर्धामा भाग नलिने भएका छन्।

यी दलका निवेदन हेरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई भदौ १५ मा आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने तयारी पनि गरेको छ।

प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रदेश नम्बर १ मा ५५ दल र मधेशमा ५९ दलले निवेदन दिएका छन्।

बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>