Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
गाेकुलेश्वर
२०७९ भदौ १५ गते बुधबार

गाेकुलेश्वर बजारकाे फाेहर लामाे समयपछि उठन थाल्याे, बजार सफा रहनेमा स्थानिय आशावादि

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारमा फोहोर उठाउन थालिएको छ । बिगत ४-५ बर्षबाट फाेहर उठन नसक्दा बजार फाेहर दुर्गन्धित थियाे ।

बजार तथा सडकमा थुप्रिएको फोहोर बुधबार बाट देखि निरन्तर रुपमा उठाईने शैल्यशिखर नगरपालिकाले जनाएको छ । नगरपालिकाकाे पनि तयारि थियाे ब्यावसायि र स्थानिय बाट पनि फोहोर ब्यवस्थापनको माग गर्दा फोहोर ब्यवस्थापन गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।

अहिले रुपसाल खोला, अस्पताल गल्ली, लगायत बजार भरि थुप्रिएको फोहोर उठाईन लागेको, अब बजार, सडक किनार र चोकहरूमा फोहोरका चाङ हुन नदिने, दैनिक रूपमा उत्पादन हुने फोहोर  एक दुई दिनकाे फरकमा उठाईने नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले नगरमा उत्पादित फाेहर अहिले शैल्यशिखर- ९ ठुलशैनीमा फोहोर ब्यवस्थापन गर्ने नगर प्रमुख बिजयसिंह धामीले बताए ।

नगर प्रमुख धामिले  अब फोहोरको समस्या समाधान हुन्छ । हामीले फोहोर व्यवस्थापन गर्न कदम चालिसकेका छौं । अब स्थानीयले पनि अवरोध गर्दैनन् भन्ने हामीले बिश्वास लिएका छौं । हामी आज देखि निरन्तर रुपमा सबै ठाउँको फोहोर उठाउन सुरु गरिसकेका छौं । ब्यवस्थापनमा सबैले सहयोग गर्न आग्रह गर्दछौँ भने।

गाेकुलेश्वर बजारमा फाेहर उठन नसकेपछि, चमेलिया नदि किनार, पुल मुनि र बजार नजिकका खाेल्सा, खाल्डाहरुमा फाेहर फालिएकाे देखिन्थ्याे भने सडक किनार तिर पनि फाेहर रहेकाे पाईन्थ्याे अब नगरले सफा गर्न सुरु गरेकाे छ । अव फाेहर थुप्रिदैन भन्ने आशा रहेकाे ब्यावसायिले रामसिह खत्रिले बताएका छन ।  बिगत बर्षमा पनि समृद्धि पाेष्टले फाेहरले गाेकुलेश्वर बजार दुर्गन्धित भनेर समाचार राखेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>