Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १५ गते बुधबार

मंशिर ४ काे चुनावमा एमाले १५० सिट ल्याउछ: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रत्यक्ष र सामानुपातितर्फ गरी एमालेले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् ।https://youtu.be/7XWLk40hAF8

बुधबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘इमान्दारिता र जनताको भोटले हामी जित्छौं ।’ उनले देशलाई जिताउन र विकासको अभियानलाई अघि बढाउनसमेत एमालेले जित्नुपर्ने बताए ।

अहिलेको गठबन्धन सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहेको देश र जनता भन्दा गठबन्धनका नेता र व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको उनले आरोप लगाए ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्साका विषयमा समेत अहिलेको सरकार बोल्न नसकेको उनले बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी अहिलेका सरकारका लागि एउटा समस्यामात्रै भएको छ त्यो क्षेत्रको सहितको नयाँ नक्सा जारी भएर संविधानको अंश भइसकेको छ ओलीले भने प्रधानमन्त्री देउवाले भारत भ्रमणमा गएर समेत यसका विषयमा बोल्न सक्नुभएन, त्यत्रो गठबन्धन केका लागि ?
अध्यक्ष ओलीले गठबन्धन आफै बनेको नभई अरुले नै बनाइदिएको बताए । उनले गठबन्धन सरकार नै असंवैधानिक भएको बताए ।

अहिलेको सरकार वैधानिक बाटोबाट बनेको होइन, गठबन्धन सरकारको चरित्र जनताले बुझिसकेकाले आगामी निर्वाचनमा जनताले नै पछार्ने बताए । दिनप्रतिदिन बढ्दो महँगी र भ्रष्टाचारले जनता हैरान भएको उनले बताए ।

हामी मसिंर ४ सम्म पर्खिन्छौं त्यसपछि जनताले नै यसलाई पछार्ने छन् । गठबन्धन सरकार विकास विरोधीमात्रै नभएर राष्ट्र र राष्ट्रियताविरोधी समेत भएको उनको आरोप थियो ।

एमसीसीलगायत पछिल्लो पटक नागरिकता विधेयकमा समेत गठबन्धन सरकारको चरित्र उदांगिएको ओलीको भनाइ छ । ‘गठबन्धनका नेताहरु पनि दोहोरो चरित्रका छन्,’ उनले भने, ‘बाहिर एउटा कुरा भन्छन्, भित्रै अर्कै गर्छन्, एमसीसीमा पनि माधव नेपाल र प्रचण्डले बाहिर विरोध गरे, विद्यार्थी र युवालाई विरोधमा उतारे तर संसद्‌मा चुँइक्क समेत नबोली पक्षमा हात खडा गरे ।’

उनले गठबन्धन सरकारको चरित्र जनताले बुझिसकेकाले आगामी निर्वाचनमा जनताले नै पछार्ने बताए । दिनप्रतिदिन बढ्दो महँगी र भ्रष्टाचारले जनता हैरान भएको उनले बताए । ‘चार धामजस्तै एमाले राष्ट्रियता र लोकतन्त्रको धाम हो,’ उनले भने, ‘अरु पार्टीका नेता, कार्यकर्ता पनि यही धाममा बसेर देश विकासमा सहभागी हुनुस् ।’ एमालेको सरकार बनेपछि रोकिएको विकासको काम सँगै गरिब, विपन्न र पिछडिएको जनताको हकहितमा काम गर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>