Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १६ गते बिहिबार

बेल्डाडि गाउँपालिकाकाे सय दिनकाे प्रगति सार्वजनिक, आफ्नै निर्णय भएन कार्यान्वयन ।

बेल्डाडि गाउँपालिका सय दिन पुगेकाे अवसरमा पत्रकार सम्मेलन गरि सुचना दिने पहिलाे पालिका भएकाे छ । बिहीबार कार्यालयमै पत्रकार सम्मेलन गरेर एक सय दिनमा गरेको कामकाज सार्वजनिक गरेको हो ।

बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले आफु निर्वाचित भएपछि सयदिनको अवधिमा गरेका काम विवरण सार्वजनिक गरेको छ । बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले सय दिनको अवधिमा गाँउपालिका कार्यपालिकाले गरेका कामकाजको सार्वजनिक गर्दै केही उपलब्धीमुलक र केही पहल भईरहेको बताए ।

प्रवक्ता विष्टले सय दिनको अवधिमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि विवित विषयमा कामकाज सम्पादन गरिएको बताए ।

बेलडाँडीमा प्राविधिक शिक्षा संचालनदेखि विविध स्थानीय समस्या समाधानका लागि सम्बन्धीत मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको, गाँउको समग्र शिक्षा, स्वाथ्य खानेपानी, पूर्वाधारदेखि संरक्षणका कामकाज शुरु गरिएकाे बताएका छन ।

बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीको स्वाथ्य, महिलाको बृद्धि विकासका लागि थुप्रै योजना अघि बढाएको बताउँदै, उनले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार भएको बताए ।  

गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले क्रमिक रुपमा गाँउको बृद्धि विकासका लागि पहल भईरहेको बताए ।
गाँउपालिका अध्यक्ष रानाले समग्र गाँउको विकासका लागि स्थानीय एव अन्य स्रोत परिचालन गरेरै भएपनि काम गरिने बताए ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठक अनुसार गरिएको १५ शैय्याको अस्पताल बनाउने निर्णय पनि विवादमा तानिएको छ । गाउँपालिकाले जग्गाको टुङ्गो नलगाएर हचुवामा ठेक्का खोलेपछि अहिले मूल्याङ्कन हुन रोकिएको छ ।

अस्पतालका ठेक्का खोलि सकेपछि गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचना जारी गरेको थियो । जग्गा प्राप्तिको प्रक्रिया थालनी नगरी ठेक्का गरिएपछि जनप्रतिनिधि आलोचनामा परेका छन् 

पालिका अध्यक्षले सार्वजनिक पदधारणा गरेका जनप्रतिनिधि, कर्मचारीका छोरा सरकारी विद्यालयमा पढाउने लगायतका प्रतिवद्धता गरेका थिए । आफैंले गरेका यी प्रतिवद्धता कार्यान्वयनमा जनप्रतिनिधि चुकेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>