Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १९ गते आइतबार

रक्तदान र खाध्यान्न वितरण गरी कर्मचारी युनियनले मनायो स्थापना दिवश ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवश- २०७९ को अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कंचनपुरले रक्तदान, खाद्यान्न वितरण र शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कंचनपुरको प्राविधिक सहयोगमा हिजो भाद्र १८ गते युनियनकर्मी राष्ट्रसेवक तथा शुभच्छुक १४ जना व्यक्तिहरुले रक्तदान गरेका थिए।

सोही सिलसिलामा आज भाद्र १९ गते समाज कल्याण बाल अनाथालयमा आयोजित औपचारिक कार्यक्रममा कर्मचारि यनियनले जिल्ला कार्यसमितिले अनाथालयलाई १ क्विन्टल चामल, ५० किलाे आलु, ५ किलाे दाल, ५ किलाे प्याज, ५ किलाे मासु र ३ किलाे टमाटर खायान्न सहयोग गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियनले सामाजिक, सांस्कृतीक क्रियाकलाप हरुमा विगत झै निरन्तरता दिने उदेश्यले आज सम्पन्न गरेकाे कार्यक्रममा प्रमुख अतिथि काग्रेसका केन्द्रीय सदस्य यज्ञराज जाेशी  ररहनु भएको थियो ।

जिल्ला कार्य समिति कंचनपुरका कार्यवाहक अध्यक्ष महेश कुमार जोशीको सभापतीत्वमा सम्पन्न भएको उक्त कार्यक्रम युनियनको जिल्ला सचिव गणेश बहादुर सिंहले संचालन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला स्थित कर्मचारि युनियन सम्बद्ध कर्मचारीको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>