Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

व्यापक बिराेध पछि पालिका प्रमुखकि श्रीमती भान्छेकाे राजिनामा, तलब पनि फिर्ता ।

अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्।

गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताए।

‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरन्जित गरी जनस्तराटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख छ।

साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक पनि फिर्ता गरेकी छन्। ३१ हजार छ सय ३० रूपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्। अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>