Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

संबिधानकाे रक्षा गर्न भएपनि माओवादिलाई भाेट हाल्नु पर्छ : माननीय बिना मगर

माओवादी केन्द्रकी नेतृ तथा पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान संविधानको रक्षा गर्न माओवादीलाई जनताले भोट हाल्नुपर्ने बताउनुभएको छ ।

पुनर्वास ४ का निवर्तमान वडाध्यक्ष तथा नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर कमिटीका वरिष्ठ उपाध्यक्ष प्रेम बस्नेतको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री मगरले सो कुरा बताउनुभएको हो ।

माओवादीको कारणले गर्दा नै करोडौं निमुखा जनताले आफ्नो अधिकारको लागि बोल्न सक्ने भएको र गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता माओवादीकै कारण आएको चर्चा गर्दै वर्तमान अवस्थामा माओवादीकै एजेन्डामा देश चलिरहेको भएपनी माओवादीको नेतृत्व देशमा नभएकोले देशले प्रगति गर्न नसकीरहेको बताउनुहुँदै यसको लागि आउँदो मङ्सिर ४ मा जनताले माओवादीलाई रोज्ने कुरामा आफू विश्वस्त रहेको पूर्व मन्त्री मगरको भनाई थियोे । 

प्रेम बस्नेत जस्तो कर्मठ र विकासप्रेमी नेता गुमाउनुपर्दा देश र पार्टीलाई अपुरणीय क्षति पुगेको पूर्व मन्त्री मगरले जिकिर गर्नुभयो ।

कार्यक्रमको आयोजना नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर कमिटीले गरेको थियोे । कार्यक्रमको अध्यक्षता नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर कमिटीका अध्यक्ष धोखे रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>