Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

२ दर्जन बढि संस्था प्रतिनिधिले सडक सुरक्षाका लागि बुझाए सुदूरपश्चिम सरकारका मन्त्रिलाई ज्ञापन पत्र ।

सडक सुरक्षा का लागि २ दर्जन बढि संस्था प्रतिनिधिले प्रदेशका आन्तरिक मामिला मन्त्रि प्रकाश रावल लाई ज्ञापन पत्र बुझाएका छन ।
दुर्घटना नेपालकाे एक विकराल स्वास्थ्य एवम् सामाजिक र आर्थिक समस्याको रूपमा देखा परेकाेले यस्लाई न्युनिकरण गर्न पहलका लागि ज्ञापन पत्र बुझाईकाे नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधि डम्मरराज पन्तले बताउनु भयाे ।

वहाका अनुसार नेपालमा सडक दुर्धटनाका कारण एक वर्षमा ४.६२२ जनाको मृत्यु हुने गरेकाे, सडक दुर्घटना बाट कूल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत बराबर आर्थिक भार रहेको तथ्याङ्क रहेकाे छ । यस्ताे बिकराल समस्या बाट सबैले मुक्ति पाउनका लागि सराेकार बाला सबैले पहल गर्नुपर्ने बताउदै प्रदेश सरकार र सबै पालिका सरकार लाई बाेधार्थ समेत पठाएकाे बताउनु भयाे ।

नेपाल सरकारको प्रतिबद्धता मुताबिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै नेश्नल राेड सेफ्टि एक्सन प्लान जारि गर्नको लागि नागरिक समुदायले दवाव दिरहेको अवस्थामा प्रदेश सरकार तथा स्थानीय सरकारको समेत सकृय र सकारात्मक क्रियाशीलता अपेक्षा गरेर याे ज्ञापन र बाेधार्थ दिईएकाे बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।

प्रत्यक्ष जनता संग सम्पर्क र सरोकार राख्ने सरकार नै प्रादेशीक र स्थानीय सरकार भएको अवस्थामा अकाल मृत्युको पहिलो कारण अंङ्गभंङ्ग र अपाङ्गता उत्पादकत्व ह्रास, सामाजिक-आर्थिक असन्तुलनको मुख्य कारण मात्र नभै गरिवीको नै प्रमुख कारण रहेको सडक दुर्घटना न्यूनीकरणको आवश्यकता संगै उपयुक्त कदम चाल्न अब ढिला भैसकेको उल्लेख गरेकाे छ ।

बिज्ञप्तिमा निम्न कुरा गर्न माग गरिएकाे छ ।

सडक दुर्घटना र यसका कारण परिरहेको नकारात्मक सामाजिक, आर्थिक तथा वातावरणीय प्रभावहरुमा न्युनिकरण गर्न विज्ञ, यातायात व्यवसायी, निर्माण व्यवसायी, मिडिया, उपभोक्ता, दुर्घटना पिडित, पेशागत र व्यवसायिक संस्था तथा अन्य सरोकार निकायहरुको संलग्नतामा एक आत्मनिर्भर “प्रदेश सड़क सुरक्षा परिषद" गठन गर्ने ।

• सार्वजनिक यातायातलाई प्रवर्द्धन, नियमन तथा दिगो व्यवस्थापन गर्न प्रादेशिक सार्वजनिक यातायात प्राधिकरण गठन र सम्पूर्ण सार्वजनीक साधनलाई एकद्वार नीति अन्तर्गत समाहित गर्ने ।

• प्रत्येक विकास पुर्वाधार अन्तर्गत योजना तर्जुमा तथा संचालनका लागि सडक सुरक्षा तथा निर्माण सुरक्षाका

प्रावधानहरु समावेश गर्ने ।

• सड़क सुरक्षाका अत्यधिक जोखिम समुह जस्तै वालवालिका, असक्त वृद्धवृद्धा, स्वील चियर प्रयोगकता । wheelchair user), सेतो छडी प्रयोगकर्ता तथा साइकल प्रयोगकर्ता र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण गर्ने ।

प्रादेशिक नीति, कार्यक्रम र बजेट विनियोजनमा स्टार रेटिंग रोड, स्टार रेटिंग स्कुल र स्टार रेटिंग सवारी साधन सम्बन्धि कार्यलाई विकासको आधारका रूपमा स्थापित गर्ने ।

• सड़क दुर्घटनाका सरोकार पक्षहरूको क्षमता अभिवृद्धि गर्दै सड़क सुरक्षामा सबैको अपनत्व तथा योगदान स्थापित गर्ने ।

.सवारी दुर्घटना पश्चात उद्धार, उपचार र पुर्नस्थापनाका लागि एक उद्दार विज्ञ टोली सहितको सुविधा सम्पन्न उद्दार तथा प्रदेश टुमा सेन्टर स्थापना गर्न पहल गर्ने र आवश्यकतानुसारको बजेट व्यवस्थापन गर्ने ।
• सडक दुर्घटना पिडितलाई राहत, दुर्घटना पिडित र घाइतेको निशुल्क उद्धार, उपचार पूर्नस्थापनाको लागि सडक सुरक्षा कोष स्थापना गर्ने ।

. ड्राइभर स्कुल्सको स्तरउन्नति, पूर्वपरीक्षाको व्यवस्था र कम्तीमा एउटा प्रादेशीक सरकारी डाइभिङ्ग सेन्टर निर्माण गर्ने । साथै वैज्ञानिक र सुलभ ड्राइभिङ्ग लाइसेन्सीङ्ग सीस्टम International Driving Permit को लागी पहल गर्ने ।

• सडक तथा सवारी संचालनमा आवश्यक पुर्वाधारहरु जस्तै बसपार्क र पार्किङ्गको वैज्ञानिक व्यवस्थापन ट्राफिक चिन्ह र सडक बत्तीको प्रयोग, सडकमा सुरक्षा वार, पानी निकास आदिको पदमा गर्ने ।

• सवारी परीक्षण तथा नियमित मर्मत सम्भारका लागि व्यवस्थित र सुविधा सम्पन्न टोल्याण्डको लागि पालिकाहरु संग सहकार्य र नितिगत व्यवस्था गर्ने साथै अटो वर्कसपको स्तरोन्नती र बसको बढी र पार्टसको गुणस्तरीयताको ग्यारेन्टी गर्ने । प्रत्येक सडक संचालन पूर्व वा संचालनका क्रममा विशेषज्ञ व्यक्ति तथा संस्था मार्फत सड़क सुरक्षा परिक्षणको नीतिगत व्यवस्था, बजेट, जनशक्ति र अन्तर सरकारी समन्वय संग सहकार्य गर्दै कार्य बालनी गर्ने ।

सडक दुर्घटना सम्बन्धी तथ्यांक एकिकृत गर्न ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि गर्दै नियमित रुपमा नध्याक अधावधिक तथा सार्वजनिक गर्ने ।

• सवारी साधनबाट सिर्जित प्रदुषणको न्युनिकरण गर्न साइकल तथा विद्युतीय सवारी आदिको प्रवर्द्धन गर्ने ।

.सडक दुर्घटना न्युनिकरण तथा सुरक्षित यातायातको लागि छाडा चौपाया दिगो व्यवस्थापनमा जोड गर्ने लगायतका बिषयहरु बिज्ञप्तिमा उल्लेख गरिएकाे छ।

सहभागी संस्था ब्याक्तिहरु निम्न रहेका थिए ।

डम्बर राज पन्त नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ,नरेन्द्र सिंह भण्डारी सामुदायिक स्वास्थ्य इन्स्टिच्युट, लिलाध्वज वस्नेत नागरिक सरोकार समूह,
कृष्णानन्द भट्ट (किरण) महाकाली प्रादेशीक अस्पताल ।

तर्कराज विष्ट व्यावसायिक तथा सीप विकास तालिम केन्द,
राम चन्द्र बुढा औषधी व्यवसायी संघ, डा बुलन्द थापा नेसनल रोड सेफ्टी एलाइनस, सुनिल कुमार ओझा,टीकाराम भट्ट सामुदायिक स्वास्थ्य इन्स्टिच्युट,डा. महादेव विष्ट सुदुरपश्चिम सडक सुरक्षा सञ्जाल, गोविन्द भट्टराई इन्टेरनेशनल अटोमोबाइल फेडेरेसन (FIA)

नारायण दत्त भट्ट नेपाल निवृत्त शिक्षक समाज,गजेन्द्र लेखक औषधी व्यवसायी संघ,ई. महादेव विष्ट जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, ओमकार प्रसाद विष्ट नेपाल निजामति कर्मचारी युनियन, द्विजराज भट्ट धनगढी उपमहानगरपालिका, कृष्ण प्रसाद वोकटी
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द,
बिरेन्द्र राज बिष्ट महाकाली प्रादेशीक अस्पताल ।

निरञ्जन विष्ट कानून व्यवसायी,सुरेन्द्र ओझा प्याप्सन नेपाल, ई सुशील तण्डुकार नेपाल अटोमोबाइल्स एसोसीएसन,गणेश दत्त वोहरा आदर्श क्लव ।

भगवती सेढाई नासा फाउण्डेसन नेपाल,डा. शिवराज पनेरुसेती प्रादेशीक अस्पताल,डा पुष्प राज पन्त रोड सेफ्टी विज्ञ
माहाकाली माध्यमिक विद्यालय वि व्य समिति दिनेश वोकटी सडक सुरक्षा अभियन्ता ।

पारस जोशी, कुश अवस्थी, डा. सुरज लेखक,युवराज भट्ट लगायत रहेका थिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>