अपिहिमाल गाँउपालिका पर्यटन विकासमा देशभरका स्थानिय तहहरुमध्ये उत्कृष्ट पालिका बनेको छ । बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो ।
गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मान मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मान ग्रहण गरेको अध्यक्ष बोहराले बताए ।आफ्नो ५ बर्षे आवधिक योजना तथा बार्षिक नीति तथा कार्यक्रम, १० बर्षे पर्यटन रणनीति योजना लगायतको उदेश्य अनुरुप अपिहिमाललाई सुदूरपश्चिम प्रदेशको प्रमुख तथा उत्कृष्ट गन्तव्य र देशकै उत्कृष्ट सुन्दर गन्तव्यको रुपमा बिकास गर्ने योजना अनुसार काम गरेको र पर्यटन विकासमा उत्कृष्ट पालिका बन्न सफल भएको अध्यक्ष बोहराले बताए ।
जसका लागी प्रदेश सरकार र संघ सरकारका विभिन्न निकायहरुसंग आवश्यक सहकार्य गर्दै आएको र लक्ष्य अगावै अर्थात ३ बर्ष भित्र नै उत्कृष्ट पालिका बन्न सफल भएको बोहराले बताए । गाँउपालिका पर्यटन क्षेत्रको बिकासमा सहकार्य र सहयोग गर्ने नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, युएनडिपिको पहिलाको एसटिएलआरपि कार्यक्रम र अहिलेको एसटिपि कार्यक्रम , सुदूरपश्चिम प्रदेश पर्यटन ईकाई, नाट्टा सुदूरपश्चिम, तान, एनएमए, हान लगायतका संघसंस्थाहरुलाई गाँपालिकाले धन्यावद समेत ब्यक्त गरेको छ ।स्थानिय तहका जनप्रतिनिधिहरु, कर्मचारी, सञ्चारकर्मी, गाँपालिका बासीहरु, मस्टेकर्मी र होटल व्यबसायीहरुको सहयोगमा गाँपालिका उत्कृष्ट बन्न सफल भएको गाँउपालिका अध्यक्ष बोहराको भनाई छ । यो पालिका नेकपा माओवादीले नेतृत्वले गरेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया