Samriddhipost
२०८२ कार्तिक १६ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक १६ गते आइतबार

नेकपा माओवादी केन्द्र विभाजनको संघारमा पुगेको छ। माधव नेपाललगायतका कम्युनिस्टहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका बेला सो पार्टीलाई पहिलादेखि नै लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका नेताहरु माग सुनुवाइ नभएको भन्दै विद्रोहको तयारीमा छन्। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासहितका नेताहरू विद्रोहको तयारीमा लागेका हुन्।
माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सचिवालय बैठकले शर्मालाई अराजक, अनुशासनहीन भएको आरोप लगाएको छ। महाधिवेशन आयोजक समितिमा संयोजक पुष्पकमल दाहालले शर्मालाई अराजक नेताको संज्ञा दिएका छन्। अराजक नेताको संज्ञा पाएका उनी विद्रोहको तयारीमा लागेका हुन्। दाहालले सचिवालय बैठकपछि आफ्ना कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताएका थिए।
उनले भने, ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँ (शर्मा) आफ्ना कुरा राखेपछि उठेर हिँड्नुभयो, त्यो शैली नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन। उहाँ अराजक बन्नुभयो।’
 शर्माका बारेमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि त्यही कुरा दोहोर्‍याए। ‘उहाँको शैली अराजक भयो, आफ्नो कुरा राख्नुभयो, बैठकमा छलफल गरौंभन्दा हिँड्नुभयो’, सापकोटाले भने।
बैठकले बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाभित्रको विद्रोही समूहसहितको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। माओवादी केन्द्रले कात्तिक १७ गते अर्को बैठक बोलाएको छ। त्यही बैठकबाट आवश्यक थप निर्णय लिने बताइएको छ। ‘माधव नेपाललाई तत्काल पार्टीमा ल्याउनुहुन्न भन्ने उहाँ (शर्मा) को मत थियो’, सचिवालयका एका सदस्यले भने।
माधव नेपालले आफू नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णय केन्द्रीय कमिटी बैठकबाट शुक्रबार गराएका छन्। नेपाललगायत नेताहरू माओवादीमा जाना खुट्टा उचालेर बसेका बेला माओवादी नेतृत्व आफ्नै पार्टी जोगाउन नसक्ने अवस्थामा पुगेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उपमहासचिव शर्माले हतारमा गरिने पार्टी एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि मात्रै एकता गर्न हुने बताएपछि माओवादीभित्र हलचल पैदा भएको छ।
शर्माले बैठकमा वैचारिक स्पष्टता, विगतको समीक्षा र सांगठनिक तयारीबिनाको एकता ‘दीर्घकालीन दृष्टिले हानिकारक’ हुने बताएका थिए। उनले जनयुद्धको मर्म, संविधानको भावना र जनआकांक्षा अनुरूप समाजवादको आधार तयार पार्नुको सट्टा शीर्ष नेताहरू सुखसुविधा, पद, चाकडी र सत्तामोहमा अल्झिँदा पार्टीको वैचारिक आधार र जनपक्षीय चरित्र कमजोर बनेको आरोप लगाएका थिए। शर्माले बैठकबाट बाहिर आएपछि पनि अहिले नै पार्टी एकता घातक रहेको बताएका थिए।
पार्टी नेतृत्वको रबैयाका परिणाम नै जेनजी आन्दोलन विस्फोट भएको शर्माको ठहर छ। उनले प्रमुख दलका शीर्ष नेतामाथि जेनजीले गम्भीर प्रश्न उठाएकै कारण राजनीतिक अस्थिरता पैदा भएको दाबी गरेका छन्।
नेतृत्वकै कारण पार्टीले जनाधार र आधारभूत चरित्र गुमाएको शर्माको आरोप छ। ‘माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्ने प्रवृत्तिले पार्टीको आधारभूत चरित्रलाई पूर्णरूपमा समाप्त पारेको छ’, शर्माले भने।
शर्माले महाधिवेशनमार्फत वैचारिक बहस र प्रतिस्पर्धामूलक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिने एकतालाई वैचारिक छलफलबाट भाग्ने प्रयासका रूपमा चित्रित गर्दै लिखित रुपमा असहमति राखेका छन्। उनले सहिद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गर्दै गरिने एकताले पार्टीलाई अझ कमजोर बनाउने र कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशामा धकेल्ने चेतावनी दिएका छन्।
उनले तत्काल एकता प्रक्रिया स्थगित गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन्। शर्माले पुनर्गठनको विषय उठाइरहेकाले माओवादी केन्द्र विभाजनको संघारमा पुगेको दाबी नेताहरुको छ। शर्माले आफू पार्टी पुनर्गठनको प्रस्तावबाट पछि नहट्ने बताउँदै आएका छन्।
नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णय लिए पनि नेताहरू झलनाथ खनाल, घनेन्द्र बस्नेत, घनश्याम भुसाल, रामकुमारी झाँक्री,विजय पौडेल, अशेष घिमिरेलगायत माओवादीमा नजाने भएका छन्। भानुभक्त जैसी, प्रेम आले, किसान श्रेष्ठ लगायतका केही नेता एमालेमा प्रवेश गर्ने तयारीमा छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>