Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २२ गते बुधबार

बेदकाेटका स्थानिय द्वारा नगरपालिकालाई एक हप्ते अल्टिमेटम सहित ज्ञापन पत्र बुझाईयाे ।

बेदकाेट नगरपालिकाका स्थानियहरुले छाडा चाैपाया व्यवस्थापनका लागि नगर प्रमुखलाई पत्र बुझाएका छन ।
बेदकाेट नगरका एक सय भन्चाैदा बढि स्थानियले आफ्नाे हस्ताक्षर सहित बुधबार नगर प्रमुख भाेजराज बाेहरालाई एक हप्ता भित्र सडकमा अलपत्र रहेका छाडा चाैपाया व्यवस्थापन गर्न अल्टिमेटम सहित ज्ञापन पत्र दिएका हुन ।
                                                                        छाडा पशुचौपायाले वर्षेनी रुपमा किसानहरुको अन्न बालि तथा तरकारी बालिको नोक्सानी गर्ने, बजार क्षेत्रमा पसलमा विक्रि वितरण गर्न राखेका दाल, चामल, फलफुल, तरकारी आदि नोक्सान गर्ने, सडक, बजार र सार्वजनिक ठाउमा मलमुत्र गरी फोहर गर्नुका साथै सबैभन्दा ठूलो समस्याका रुपमा देखा परेको दैनिक सडक दुर्घटनामा परी पशु तथा मानवले ज्यान गुमाउनुका साथै अपाङ्ग हुनुपरेको कुरा अवगत गराउदै दिगाे समाधान र ब्यवस्थापन गर्न माग गरिएकाे स्थानिय तेज सिह ठकुल्लाले बताए ।

उक्त ज्ञापन पत्रमा नगरपालिकाले विगत लामो समय देखि योजना तथा कार्यक्रम बनाई बजेट खर्च गरेको तर दिगो समाधान नभएको र हाल पनि नगरपालिकाले योजना तथा कार्यक्रम बनाएको तर कार्यन्वयन नभएको हुदा यथासिघ्र सामाजिक चौपाया व्यवस्थापन कार्यक्रम लाई लागु गरी जथाभावि पशु चौपाया बजार, सडक तथा सार्वजनिक ठाउमा छोड्ने किसानहरुलाई कडाईका साथ रोक लगाउनुका साथै बजार, सडक तथा सार्वजनिक ठाउमा वेवारिसे अवस्थामा रहेका पशु चौपायालाई कुनै निश्चित ठाउमा लगि व्यवस्थापन गर्नगराउन विनम्र अनुरोध गर्न चाहन्छौ भनिएकाे छ।

आजबाट एक साता सम्म पनि पशु चौपाया व्यवस्थापनको कार्य संचालन नभएमा पशु व्यवस्थापनका नाममा बैठक मात्र बस्ने छाडा चौपाया भनेको अपहेलित शब्द भयो सामाजिक चौपाया भनिनु पर्दछ भन्ने निर्णय गर्नु हुन्छ भने खवरदार हामि सबै मिलि बजार, सडक तथा सार्वजनिक ठाउँमा रहेका वेवारिसे पशु चौपायाहरुलाई नगरपालिका भित्र ल्याई गेटमा ताला लगाउने चेतावनी दिएकाे तेज सिह ठकुल्लाले बताए ।
बिगतका बर्षहरुबाट छाडा चाैपायाकाे समस्या बढेका र यसकाे उचित व्यवस्थापन  हुन नसक्दा सडकहरुमा दुर्घटना देखि खेति बचाउने सम्मका समस्या भएका छन । पालिका तहबाट भएका पहलहरु पनि सार्थक हुन सकेका छैनन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>