Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ २५ गते शनिबार

दार्चुलामा २ काे मृत्यु २ गम्भीर घाईते ४ बेपत्ता, बिध्यालय,घर र पुल बगायाे, राहत र उद्दारकाे लागि आग्रह ।

बाढी र पहिरोले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । महाकाली नगरपालिका र नाैगाड गाउँपालिकामा  बढि क्षति भएकाे छ । पहिरोमा परेर नौगाडमा दुई जनाको मृत्यु भएकाे छ ।

महाकाली नगरपालिकाकाे सदरमुकाम नजिकको डुङरीमा चार जना बेपत्ता छन् भने साेहि ठाउकाे बांगाबगडमा एउटा विद्यालयसहित दर्जन बढि घर बगेका छन्।

शुक्रबार राती १२ बजेबाट आएको बाढीले सदरमुकाम र जिल्लाका अन्य क्षेत्रहरुमा ठूलो जनधनको क्षति गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहका अनुसार जिल्लाको नौगाड गाउँपालिकाको सल्लामा १५ वर्षीया मानमती ठगुन्ना र ३० वर्षीय चिमडे ठगुन्नाको मृत्यु र पाँच जना घाइते भएका  छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले उद्धारका लागि हेलिकोप्टर मगाइएको छ ।

प्रहरी निरीक्षक सिंहका अनुसार सदरमुकाम नजिकको लास्कु खोला र महाकाली नदीमा आएको बाढीले ठूलो क्षति गरेको हो
बाढीले ७ वटा जिप पनि बगाएको छ। लास्कु खोलाको पुल बगेको छ। 'खोला पारि जान सकिने अवस्था छैन्,' प्रहरी निरीक्षक सिंहले भने, 'त्यहाँ के कति जनधनको क्षति भयो ? त्यसको विवरण संकलन गर्न सकिएको छैन् । '                                                                    याे संगै ब्यास गाउँपालिका र दुहु गाउँपालिका सहित महाकालि नगरपालिकाकाे केही क्षेत्रकाे खलंङ्गा बजार सितकाे बाटाेकाे सम्पर्क टुटेकाे छ ।

महाकाली नदि  र लास्कु खाेलाको दोभान नजिक भारततर्फ पहिरो गएकाले नदी साँघुरिदा बढी क्षति भएको स्थानीयले बताएका छन्। प्रहरीले क्षतिको पूर्ण विवरण अझै संकलन गर्न नसकिएको र सबै जना उद्धारमा जुटेको जनाएको छ । २०७० सालको बाढीले तहसनहस भएको दार्चुला सदमुकाममा ७० साल यताकाे शुक्रबार ठूलो बाढी आएको हो । स्थानीयले उद्धार र राहतका लागि आग्रह गरिरहेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>