दार्चुलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। शुक्रबार राती आएको बाढीले बगाउदा महाकाली नगरपालिकामा तीन जनाको मृत्यु भएको छ ।
यस्तै नौगाड गाउँपालिका-१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना र १३ वर्षीया धनुली ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घर माथिबाट आएको पहिरोमा परि दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । पहिराे गाउँकाे शिरान बाट खसेर गाउँ हुँदै तल झरेकाे देखिन्छ ।
दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी अनुसार पहिरोमा परेर बीरा ठगुन्ना, फागुनी ठगुन्ना, रम्भा ठगुन्ना, महामती ठगुन्ना, पावर्ती ठगुन्ना, देवसिंह ठगुन्ना, सुदीप ठगुन्ना, जीवन ठगुन्ना, आनन्द ठगुन्ना, लक्ष्मी ठगुन्ना र बीरबहादुर ठगुन्ना घाइते भएका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया