ऋषि पञ्चमीका दिन महाकाली नदीमा केही ब्रतालु महिलाहरुको पुजापाठ गर्न अस्वीकार गरेपछि जातीय भेदभाव तथा छुवाछुत अपराध मुद्दामा पक्राउ गरिएका पुजारी सहदेब भट्ट धरौटीमा छुटेका छन् ।
जिल्ला अदालतले सोमबार थुनछेक बहसमा पुजारी भट्टलाई १० हजार धरौटी छाड्न आदेश दिएको हो । भीमदत्त नगरपालिका ५ का सन्जु नेपाली लगायतले सार्वजनिक स्थानमा आफूहरुको पुजापठ नगरी जातीय रुपमा विभेद गरिएको भन्दै पुजारी भट्ट विरुद्ध गत हप्ता जाहेरी दिएकी थिईन ।
उजुरिमा पक्राउ गरिएका भट्टमाथि प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।
पुजारी भट्टलाई १० हजार धरौटीमा छाड्न आदेश दिएपछि भट्टलाई छाडेकाे उनका पक्षका अधिवक्ता कृष्णदत्त जाेशीले बताए ।
पुजारी भट्टकाे पक्षमा कृष्ण दत्त जाेशी, धर्मानन्द जाेशी, वीर सिह महरा, उद्दव राज भट्ट, आनन्द प्रसाद जाेशी, शंकर बहादुर बिष्ट, कुमारि रेवति जाेशी समेतले प्रतिबादि सहदेव भट्टका तर्फबाट बचाउ प्रतिरक्षा बहस गरेका थिए ।
बहसमा उपस्थित कानुन ब्यावसायिहरुले याे मुद्दा काल्पनिकता, पुर्वाग्रहि ढंगबाट प्रेरित आधारहिन तथ्यहिन रुपमा तयार गरि ईजलासकाे मुल्यवान समय नष्ट गर्न प्रस्तुत गरिएकाे पिडित जाहेरवालि आफू सामाजिक अभियान्ता भएकि दलित अधिकार तथा महिला अधिकारमा कृयासिल रहेकि महिलाले ऋिसिपन्चमिकाे जस्ताे व्रत लिनुकाे औचित्य केहाे भनि बहसमा कुरा उठाएका थिए ।
व्रत रजस्वला भएकाे समयमा ज्ञात अज्ञात जान अन्जान छुवाछुत भएकाे अवस्थामा प्रयस्चित गर्नका निमित्त तृतिया, चतुर्थि र पन्चमिमा अल्पभाेजन गरि याे व्रत बस्ने गर्दछन । यश ब्रतमा ब्रतालुले क्राेध नगर्ने ब्राह्मण र गुरुकाे आदर गर्ने खेति गरेर नउब्जिएका अन्नहरु जंगलिधान वा फलफुल खाएर व्रत बस्ने गर्दछन ।
ऋषि पन्चमिकाे कर्मकाण्ड अनुसार जुनसुकै जाति र वर्णका महिलाहरुले याे व्रत लिन सक्ने र प्रायस्स्चिका लागि ब्राह्मण लाई गाईकाे दान गर्ने जिउदाे गाई दान गर्न नसकेमा गाई बाफत द्रब्य नै दान गर्ने गरिन्छ । व्रतालुले सात वटा ऋिषिहरुकाे कास कुश घाँस बाट प्रतिमा बनाई सात जना ऋिषिकाे र अरुनधति एक जना महिलाकाे प्रतिमा बनाई पुजा गर्ने चलन छ ।
यश व्रतकाे प्रारम्भ महिनावारिकाे छुवाछुत बार्न नसक्ने एक ब्राह्मणिकाे कथाबाट याे व्रत आरम्भ भएकाे पाईन्छ । ब्राह्मणिले प्रायस्चित गर्न नसक्दा छाेरा बुहारिले प्रायस्चित गर्ने गर्दै ऋिषि पन्चमिकाे व्रत गरिदिएपछि छुवाछुत गर्ने व्राह्मणि पापकाे तापले कुकुर्नि भैरहेकाे अवस्था बाट मुक्ति भै स्वर्ग गएकाे कथा ऋिषिहरुकाे पुजापछि सुन्नु सुनाउनु पर्ने हुन्छ ।
व्रतालुले याे व्रत गर्दा व्राह्मणलाई गाई, द्रब्य, दक्षिणा दान गर्नु पर्छ । पुजा आरम्भ गर्नु अगाडि शंकल्प गर्दा गाेत्र र नामकाे समेत उच्चारण गरि शंकल्प लिनु पर्दछ । सबै वर्गका महिलाहरुले याे व्रत लिने भएकाले यस्मा क्रमकाण्डले कुनैपनि प्रकारकाे छुवाछूत भेदभाव गरेकाे छैन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया