Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ २८ गते मङ्गलबार

महाकालि नगरपालिकाले दार्चुला बाढि पिडितका लागि छुट्यायाे राहत ।

नवीन रैखाेला - दार्चुलाको महाकाली नगरपालिकाले बाढीपहिरो पीडितलाई नगरपालिकाको तर्फबाट राहत दिने घोषणा गरेको छ । सोमबार नगरकार्यपालिकाको आकस्मिक बैठक बसी लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराइनेछ । महाकालीमा दुई जना मृतकको शव फेला परेको छ भने १० जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना नरहेको उद्धारमा खटिएकाहरु बताउछन् । बेपत्ताहरु नभेटिएमा प्रहरी प्रशासनको सिफारिसमा गृह मन्त्रालयले मृतक घोषणा गर्ने व्यवस्था छ । सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत राहत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार रुपैया र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख नरसिंह चैसीरले बताउनुभयो । पूर्ण रुपमा क्षति भएको घट्ट पून:र्निमाणको प्रथम किस्ता ५० हजार दिने पनि नगरकार्यपालिकाले निर्णय गरेको छ ।

यसअघि प्रदेश सरकारको तर्फबाट मृतकको परिवारलाई एक लाख राहत उपलब्ध गराउने घोषणा गरिएको छ भने संघीय सरकारबाट समेत प्रति मृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख राहत उपलब्ध गराउने कार्यविधि रहेको छ । एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रति मृतक थप एक लाखका दरले राहत उपलब्ध गराउने संघीय सरकारको कार्यविधि छ ।

दार्चुलामा शुक्रबार रातीको बाढी पहिरोका कारण महाकाली र नौगाड गाउँपालिकामा गरी ५ जनाको मृत्यु भएको छ । अझै १० जना बेपत्ता रहेका छन् । जिल्लामा ठूलो विपद् आउदा समेत संघीय सरकारले कुनै विशेष राहतको घोषणा नगरेको भन्दै जिल्लाबासीले गुनासो गरिरहेका छन् ।

यसैबिच महाकाली नगरपालिकाले सोमबार शोक बिदा दिएको थियो । २४ गते राती परेको अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीका कारण महाकाली नगरपालिका वडा १ देखि ४ सम्मका विभिन्न ठाउँमा व्यापक धनजनको क्षेति भएको घटनाले नगरपालिकालाई स्तब्ध बनाएको जनाएको छ । नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै महाकाली नगरपालिका मातहतका कार्यालय तथा शिक्षण संस्था कार्यालयहरू बन्द गरेको जनाएको छ । महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिरद्धारा हस्ताक्षरित बिज्ञपतिमा मृतक प्रति संवेदना प्रकट गर्दे नगरपालिकाले ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षक तथा कर्मचारीहरुलाई उद्धार राहात र पुनस्थापना कार्यमा खटिन नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>