Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २८ गते मङ्गलबार

जंगली हात्तीको झुण्डले कृष्णपुर नगरपालिका-२ स्थित बाणी मुक्त कमैया शिविर र माथिल्लो बाणीमा बितण्डा मच्चाएको छ।

बच्चा  (छावा) सहित करिब २३ र २४ को संख्यामा रहेको झुण्डले दुई दिनमा यहाँका १७ परिवारको १० बिगाहा जग्गामा लगाएको धान खेतीमा नोक्सान गरेको हो ।

वडा नं. २ को कार्यालयले क्षतिको विवरण संकलन गरिरहेको छ। वडा अध्यक्ष अर्जुनसिंह साउद आफैं स्थलगत निरीक्षणमा गएर क्षतिको विवरण संकलन गर्न थालेका छन ।

वडा अध्यक्षका अनुसार गत २४ गते राति आएको हात्तीको झुण्डले वडा- २ का लोकबहादुर बोहरा, तारादेवी चन्द, गौरसिंह साउद, सहदेव राना र राजेन्द्र बमको धान खेतीमा ठूलो नोक्सानी गरेको छ।

यस्तै सोमबार फेरी घुम्मन चौधरी, जगतराज चौधरी, बिश्राम चौधरी, रामदिन चौधरी, बेदा डगौरा, प्रवेश राना, जितबहादुर चौधरी, धनबहादुर चौधरी, श्याम राना, प्रेम चौधरी, भागरथी पन्त र सुवल रानाको धान खेतमा क्षति गरेको छ ।

हात्ती धपाउनका लागि वडा कार्यालयले स्थानीयलाई पटाका वितरण गर्न थालेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बिभिन्न क्लबका सदस्यहरु मिलेर राति डिउटी दिन थालिएको वडा अध्यक्ष साउदले बताए, 'रातभर जागाराम बसेर, होहल्ला गरी आँगो बालेर हात्ती धपाउने प्रयास गरिरहेका छौं,' उनले भने ।

भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट लालझाडी हुर्दै हात्ती यहाँ आउने गरेका छन् । यो हात्ती हिड्ने परम्परागत जैविक मार्ग भएकाले वर्षेनी उनीहरुको आवतजावत चलिरहन्छ । हात्ती हिड्ने बाटोमा अतिक्रमण बढेपछि उनीहरु बिच्किएको,  'परम्परागत मार्गमा मानव वस्ती बसेपछि उनीहरुलाई 'डिस्टब' भएको छ, त्यसले गर्दा क्षति पनि बढेको संरक्षणकर्मी बताउछन ।                    कृष्णपुर, शुक्लफाटा, बेतकाेट, दाेधाराचाँदनि नगरपालिका र बेल्डाडि गाउँपालिकामा हात्तिले बढि क्षति गरिरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>