Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
काठमाडौं
२०७९ भदौ २९ गते बुधबार

एमालेले संविधान दिवसकाे पुर्वसन्ध्यामा वाकाथन गर्दै

नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल यात्रा आयोजना गर्ने भएको छ ।

संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता भाेजराज जाेशीले बताए ।

जाेशीका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।

‘संविधान निर्माणको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने समाजमा स्थापित नै छ, यसका सबलता र कमजोरी सबै हाम्रो पहलकदमीमा भएकै हुन्, ‘यसैवापत नाकाबन्दी पनि देशले बेहोर्नुपर्‍यो । केही सातापछि ओली प्रधानमन्त्री भएपछि नै भारतसँग अडान लिने काम सुरु भयो, हामीले सफलता पनि पायौं । हामी यसको पनि सम्झना गर्नेछौं, यो वाकाथनमा ।’

एमालेले आफूलाई संविधानको संरक्षक, पालक, पोषक भएको प्रचार लैजान लागेको हो । संविधान संशोधन गराएर चुच्चे नक्सा अनुमोदन गराउने नेतृत्व पनि एमालेकै भएकाले यो संविधान दिवसलाई विशेष रुपमा मनाउन लागेको उनले बताए ।

असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>