Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दार्चुला
२०७९ भदौ ३० गते बिहिबार

दार्चुलाकाे मालिकार्जुन नमुना माबि धाप देशकाे साताैं स्थानमा पर्न सफल ।
फाेटाे- नवीन रैखाेला



दार्चुलाकाे मालिकार्जुन नमुना माबि धाप प्रथम र लटिनाथ नमुना माबि रिठाचाैपाता दाेस्राे भएका छन ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ७९ ओटा सूचकमा आधारित रही विज्ञहरुबाट स्थलगत अध्ययन गरिएका देशभरीका ४ हजार ८६७ विद्यालयमध्ये ५ ओटा विद्यालयले ९०% भन्दा बढी नतिजा ल्याएका छन् ।

केन्द्रले विद्यालयको नतिजा विश्लेषणको क्रममा विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङ्क (मेरिट) का आधारमा विद्यालयहरुको श्रेणीकरण गरिएको जनाएको छ । लगानी, प्रक्रिया र उपलब्धीका ३ ओटा क्षेत्रका विभिन्न सूचकमा श्रेणीकरण गरिएको हो ।

सोही अनुसार दार्चुलाको मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप देशकै सातौँ स्थानमा पर्न सफल भएको छ । धापले ८९.८१ अंक प्राप्त गर्दै मध्यम विद्यालयको श्रेणीभित्र पर्न सफल भएको हो । मालिकार्जुन नमुना मावि धाप देशकै सातौँ स्थानका साथै सुदूरपश्चिमको दोस्रो र जिल्लाकै पहिलो श्रेणीमा परेको विद्यालयका शिक्षक मेखराज जाेशीले जानकारी दिए ।

यस्तै दार्चुलाकै लटिनाथ नमुना मावि रिठाचौपाता दशौ स्थानमा रहेको छ । देशमै पहिलो विन्ध्यवासिनी मावि कास्की, दोस्रो भक्तपुरको एभरेष्ट इंगलिस स्कूल, तेस्रो कन्चनपुरको भानु मावि, चौथोँ स्थानमा भक्तपुरको दरबार स्क्वायरको पद्यम उच्च मावि, पाँचौ स्थानमा काभ्रेपलाञ्चोक मंगलटारको मंगल जनविजय मावि र छैटौ स्थानमा रुपन्देहीको कालिका मानव ज्ञान मावि पर्न सफल भएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कुल प्राप्ताङ्कका आधारमा ४०% भन्दा कम ल्याउनेलाई  कमजोर, ४० देखि ७०% भन्दा कमलाई सामान्य, ७० देखि ९०% भन्दा कमलाई मध्यम र ९०% देखि माथिलाई उत्तम श्रेणीस्तर रुपमा विद्यालयको स्तर निर्धारण गरेको थियो ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>