Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
काठमाडौं
२०७९ भदौ ३१ गते शुक्रबार

रारा निकुन्ज सारेर पुरै कर्णाली पाल्न सकिन्छ : गजेन्द्र महत

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराकाे निकुञ्जलाई हटाएर मानिसलाई बसोवास गर्न दिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न दिन माग गरे। रारा क्षेत्रले सिंगो कर्णालीलाई पाल्न सक्ने भन्दै महतले निकुञ्ज अन्यत्र सारे झन्डै १० लाख मान्छेले रोजीरोटी पाउने दाबी गरे। 

‘निकुञ्जलाई पूर्वतिर लानुपर्‍याे, त्यहाँको जनताको आवाज छ। त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई–चारवटा बँदेल पालेर हुँदैन। आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस्,’ उनले भने, ‘त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेले रोजीरोटी पाउँछन्। रोजगार पाउनेछन् ।’


प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>