Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०१ गते शनिबार

कंचनपुरकाे लालझाडि गाउपालिका समेत अधिकाँस स्थान डुवानमा नदिकाे बहाव बढ्दाे क्रममा ।

शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरमा शिविर र बस्तिहरु डुवानमा परेका छन । 
यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेकाे छ । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले  त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ । 

शुक्लफाँटा वडानं १२ को देखतभुलिमा कटान र वैवाहमा नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको छ ।

आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो ।

त्यसैगरी कृष्णपुर नगरपालिका–२ बङ्कस्थित खल्ला बस्ती पूरै डुबानमा रहेको त्यहाँका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए । “दुई सय परिवार रहेको बस्तीमा पानी पसेको छ”, उनले भने, “पीडितलाई उद्धार गरी जनउत्थान आधारभूत विद्यालयमा राखिएको छ ।” वनहरा नदीको बहाव बढेपछि बस्तीमा पानी पसेकाले आफूसहित स्थानीयवासी राति उद्धारमा खटिएको उनको भनाइ थियो ।

कृष्णपुर नगरपालिकाकै वडा ३ काे चित्रपुर क्षेत्रमा नदिले व्यापक कटान गरिरहेकाे वडा सदस्य भिम राज जाेशीले बताएका छन । उनका अनुसार नदिले तटबन्धका जालि समेत बगाएर लगिरहेकाे बगाउने क्रम नराेकिएकाे बताएका छन ।
भिडियाेhttps://youtu.be/bOsA_Gs5xPo
लालझाडि गाउँपालिका पुरै डुवानमा रहेकाे पालिका प्रवक्ता तथा वडा २ का अध्यक्ष आशाराम रानाले बताए । उनका अनुसार गाउँपालिका भवन समेत डुवानमा रहेकाे भुई तलाकाे सामान सारेर माथिल्लो तलामा सार्ने काम भैरहेकाे, सबै ठाउँ डुपानमा भएकाे र नदिकाे बहाव निरन्तर बढिरहेका कारण थप क्षति भैरहेकाे छ । अधिकाँस घरहरु डुवानमा रहेकाे जनताकाे ज्यान जाेगाउन उच्चाे भागहरु तिर पुग्ने पुर्याउने प्रयासमा लागेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>