पंकज जाेशी - दार्चुला जिल्लाकाे महाकालि नगरपालिका- ५ मा चाडपर्वकाे अवसरका सहुलियतमा खाद्यान्न बिक्रि बितरण सुरु भएकाे छ ।
जिल्लामा खाध्यान्न सहज रुपमा बितरण गर्न गत महिना खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शाखा कार्यालय खाद्य डिपाे खाेलेकाे थियाे । माननीय मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरेका थिए ।
डिपाेले शनिबार ( आज ) चाडपर्वकाे अवसर पारेर सहुलियत दरमा खाद्यान्न बिक्रि बितरण सुरु गरेकाे छ । डिपाेमा प्रति किलाे ७ रुपैया सस्ताेमा खाद्यान्न बिक्रि गरिने डिपाेले जनाएकाे छ । चाडपर्व सहुलियतकाे उद्घाटन प्रमुख जिल्ला अधिकारी दिर्धराज उपाद्यायले गरेका थिए ।
सहुलियतले दार्चुलाका स्थानियले सहज र सस्ताे रुपमा खाद्यान्न पाईने आशा ब्याक्त गरेका छन । यश डिपाेबाट महाकालि नगरपालिका समेत नजिकका पालिकाका जनताका लागि सहजता हुनेछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया