अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।
उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरोमा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।
प्रहरी समेतका सुरक्षा निकाय परिचालन भएका छन । प्रहरिका अनुसार ‘एकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ’, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।’
आज संसदकाे अन्तिम बैठकमा अछाम बाट निर्वाचित माननीय भिम रावलले गृह मन्त्री बालकृष्ण खाण लाई बिहानै उद्दार राहत र उपचारकाे लागि भनि सकेकाे बताएका छन । उनले अछामका विभिन्न ठाउँमा पहिराे गएकाे त्यहाँ हेलिकप्टर मार्फत डाक्टर समेत लगि उपचार गर्न, खाध्यन्न, लत्ता कपडा र भाडाकुडाकाे प्रवन्ध समेत गर्न माग गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया