Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०२ गते आइतबार

उद्धार र राहतका लागि माननीय बिना मगरकाे माग

पुर्व मन्त्री तथा कंचनपुर १ बाट माननीय बिना मगरले तिनै तहका सरकार संग उद्धार र राहत का लागि जाेडदार माग गरेकि छन ।

अविरल वर्षाका कारण केही समयदेखि सुदूरपश्चिमका तराइ र पहाडी जिल्लाहरुमा कटान, डुवान र बाढी पहिरोले धनजनको क्षती गरेको, अछाममा पहिरो परि भएको धनजनको क्षती, दार्चुला जिल्लामा बाढीले गरेको धनजनको क्षती संगै  तराइका जिल्लाहरुमा भएको धनजनको क्षतीले निक्कै दुःखि र स्तब्ध बनाएको बिज्ञप्तिमा उल्लेख गरेकि छन ।

उक्त बिज्ञप्तिमा अस्तिबाट बाढीका कारण लालझाडी,बेलाैरी, पुर्नवास, वेलडाडि, कृष्णपुर, शुक्लाफाटा, दोधाराचादनी लगायतका पालिकाहरुमा धेरै जसो जनताहरु डुवानले घरवार बिहिन हुन पुगेका छन । खाद्यान्न र बन्दोबस्तीका समान पनि त्यत्तिकै रूपना नष्ट भएको उल्लेख गर्दै दुःखको यस घडिमा प्रभावित सबै जनताहरुको साथमा रहेको कुरा व्यक्त गर्दै बाढी पहिरोका कारण मृत्युवरण गरेकाहरुप्रति हार्दिक सद्भाञ्जलि व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना साथै घाइतेहरुको सिघ स्वास्थ्यलाभको कामना गरेकि छन ।

दुःखको घडिमा घाइतेहरुको सिघ उपचार साथै प्रभावित परिवारहरुलाई यथासिघ्र राहात र उद्धारका कामहरु गर्नहुन स्थानिय सरकार प्रदेश सरकार र संघ सरकार संग जोडदार माग गरेकि छन ।

सहयोगको भावना राखेर समस्यामा परेका समुदाय र परिवारजनलाइ आवश्यक सहयोगमा जुटन स्थानिय सबै युवाहरुलाइ समेत आह्वान गरेकि छन  । विपद अझै नसकिएका कारण सचेत भएर बस्न पूर्व सूचना प्रणालीलाइ ध्यान दिन र आफ्नो ज्यू ज्यानको ख्याल गर्न सबै जनसमुदायमा अपिल बिज्ञप्तिमा गरेकि छन ।

कंचनपुरमा मात्रै बाढिकाे डुवानले सयाै घर डुवानमा परेका छन, अन्तपात डुबेकाे छ, खेति कटान, डुवान र पटानमा परेकाे छ । लालझाडि गाउँपालिकाकाे स्वास्थ्य सामाग्रि समेत सबै डुबेकाे छ । यस्ताे अवस्थामा सयाै घर मानिस घर बाट बिस्तापित बाध्य हुन भएका छन । गाँस बास कपास समेतकाे समस्यामा परेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>