Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०३ गते सोमबार

लालाझाडि गाउँपालिकाले बाढि पिडितलाई राहत गर्न सुरु गर्याे, प्रदेश र संघलाई राहतका लागि अनुराेध ।

बाढिले कंचनपुरमा सबैभन्दा धेरै प्रभाबित लालझाडि गाउँपालिकाले अति प्रभाबित लाई राहत बितरण सुरु गरेकाे छ ।

पालिकामा सबै वडा ङुवानमा थिए भने पालिका कार्यालय समेत डुवानमा रहेकाे थियाे । यसरी सबैतिर डुवान हुदा जनप्रतिनिधि समेत डुवानमा पर्दा राहत र उद्दारमा समस्या भएकाे थियाे । अधिकाँस बासिन्दा डुवान, कटान र पटानमा परेपछि पालिकाले अति प्रभाबित भएका पकाउने, खाने सामाग्रि क्षति भएका परिवारलाई २५ किलाे चामल, १ किलाे दाल, १ पाकेट नुन, र १ पाकेट तेल बितरण गरिरहेकाे पालिका प्रवक्ता आशाराम रानाले बताए ।
साेमबार सम्म वडा १ मा ४, दुईमा ३०, तिनमा ६०, छ मा ४ र पाँचमा २० परिवार लाई राहत बाडेकाे, वडा ४ मा बाड्न बाकि रहेकाे प्रवक्ता रानाले बताए ।

उनका अनुसार वडा १ मा एक सय अठ्तिस, २ मा दुई सय बाईस, तिनमा पाँच सय छयालिस, छ मा ४, ५ मा बीस परिवार  र वडा चारमा बिवरण आउन बाकि रहेकाे प्रवक्ताले बताए ।

पालिकामा अहिले पानी घटेकाे छ । ठुलाे मात्रामा घरहरु भित्रकाे खाध्यान्न नष्ट भएकाे, पालिकामा रहेकाे मानिस र, भेटनरि औषधि डुबेर नष्ट भएकाे, खेतमा रहेकाे खेति, बाटाघाटामा समेत ठुलाे मात्रामा क्षति भएकाे कारण संघ र प्रदेश सरकार संग तत्काल र पछिकाे लागि राहत उप्लब्ध गराउन अनुराेध रहेकाे प्रवक्ताले बताए ।

कंचनपुरमा शुक्रवार बाट शनिबार सम्म आएकाे बाढिले प्यापक कटान, डुवान, पटान गरेकाे छ कतिपय मानिसहरु घरबार बिहिन समेत भएका छन । झाेलेुङ्गे पुल समेत भत्किनुका साथै सडकहरुमा समेत क्षति पुगेकाे छ । प्रभाबित क्षेत्रमा थप राेगहरुकाे संक्रमण समेत देखिन सक्ने अवस्था रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>