Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०६ गते बिहिबार

निर्वाचन आयाेगले ताेक्याे निर्वाचन अधिकृत, शुदुरपश्चिमका १६ क्षेत्रमा पर्नेकाे शुचि यस्ताे छ ।

निर्वाचन आयोगले सुदूरपश्चिमका १६ क्षेत्रसहित देशभर निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते निर्वाचनका लागि मनोनय दर्ताको कार्यसूची रहेको छ ।

यसरी खटाइएको छ निर्वाचन आयाेगले ।

निर्वाचन आयोगले कञ्चनपुरमा एक जना मुख्य निर्वाचन अधिकृत र दुई जना निर्वाचन अधिकृत नियुक्त गरेको छ । कञ्चनपुर क्षेत्र नं. १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिमका उपसचिव कृष्णप्रसाद नेपाल, क्षेत्र नं. २ मा सरकारी वकिलको कार्यालय डडेल्धुराका न्यायाधिवक्ता मोहनीप्रसाद जोशी र क्षेत्र नं. ३ मा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीस ध्रुबकुमार शाहलाई खटाएको छ । शाहलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिइएको छ।

यसैगरी, कैलालीको निर्वाचन क्षेत्र नं. १ मा सरकारी वकिलको कार्यालय कैलालीका न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारी, क्षेत्र नं.
मा प्रदेश सभा सचिवालय कर्णालीका उपसचिव तेजप्रकाश जोशी, क्षेत्र नं. ३ मा मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिमका उपन्यायाधिवक्ता लक्ष्मीनारायण दाहाललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै क्षेत्र नं. ४ मा सर्वोच अदालतका इजलास अधिकृत इन्द्रबहादुर कठायत र क्षेत्र नं. ५ मा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद आर्याललाई खटाएको छ। यस्तै, बाजुरामा जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेल, बझाङमा जिल्ला अदालतका न्यायाधीश नन्दकिशोर यादव, डोटीमा जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेय, दार्चुलामा जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।

यसैगरी, अछाम क्षेत्र नं. १ मा विशेष सरकारी
वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता शम्भु गौतम, क्षेत्र नं. २ मा अछाम अदालतका न्यायाधीश पिताम्बर शर्मा, बैतडीमा जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु र डडेल्धुरामा जिल्ला अदालतका न्यायाधीश बालकृष्ण बाग्लेलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>