Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०६ गते बिहिबार

भिमदत्तका कर्मचारि ठेकेदारले कुटे, तीन दिन सम्म पक्राउ भएनन ठेकेदार ।

कञ्चनपुरको भीमदत्त नगरका कर्मचारीमाथि एक ठेकेदारले कुटपिट गरेका छन । गुण्डाशैलीमा कार्यकक्षमै कर्मचारीमाथि कुटपिट गरेको नगरपालिकाले जनाएको छ । एमाले निकट ठेकेदार तथा युवा सघका नेता चन्द्रसिह कार्कीले भीमदत्त नगरका सव ईन्जिनियर दिनेश भट्टमाथि कुटपिट गरेका हुन । 

राखी कन्स्ष्ट्रक्सनका संचालक समेत रहेका ठेकेदार कार्कीले मंगलबार बिहान १०ः३०बजेतिर कार्यालयमै आएर कुटपिट गरेको भन्दै भीमदत्त नगरपालिकाले आवश्यक कार्बाहीका लागि प्रशासनलाई ज्ञापन पत्र पठाएको छ । 

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीद्वारा हस्ताक्षरित गरिएको पत्रमा कर्मचारी भट्टमाथि कार्यालयम आएर कुटपिट गर्ने कार्कीमाथि प्रचलित कानुन बमोजिम कार्बाही हुन डिप्लोमा ईन्जिनियर्स एसोसिएशन नेपालको बैठकबाट निर्णय भएकोले आवश्यक कार्बाहीका लागि अनुरोध पत्र पठाएको छ ।

यस्तै स्थानिय तह कर्मचारि हकहित मन्चले बिहिबार बिज्ञप्ति निकाल्दै ठेकेदारलाई यथाशक्य कार्वाहि गर्न र आगामि दिनहरुमा यस्ता घट्ना दाेहरिन नदिन र सुरक्षाकाे प्रत्याभुति गर्न माग गरेकाे छ । 

भीमदत्त नगरपालिकाले प्रशासनलाई पत्र पठाएसंगै प्रशासनले घटनामा संलग्नलाई पक्राउ गर्न आदेश दिएको छ । कञ्चनपुर प्रहरीले समेत कार्यकक्षमै कर्मचारी कुटने ठेकेदारमाथि कार्बाही गरिने जनाएको छ ।

ठेकेदार र कर्मचारीविच विवादको विषय नखुलेपनि कमिसन लेनदेनको विषयमा विवाद भएको आशंकका गरिएको छ । राखी कन्स्ष्ट्रक्सनका संचालक समेत रहेका ठेकेदार चन्द्रसिह कार्कीकाे 9841681802 माेवाईलमा समृद्धि पाेष्टले सम्पर्क गर्दा फाेन उठेन। विवाद भएको तर, कर्मचारीले घुस खान नपाएको निहुँमा विवाद उत्पन्न गरेको बताए ।

  नगरपालिकाले लेटर प्याडमै लेखेर ठेकेदार कार्कीमाथि कार्बाहीको माग अघि सारेका छन । अन्य निर्माण व्यवसायीले कमिसन लेनदेनकै विषयमा विवाद भएको भए कर्मचारीमाथि पनि छानबिन हुनुपर्ने एकोहोरो व्यवसायीमाथि आरोप लगाउन नहुने तर्क गरेका छन ।

हरेक योजनाबाट कर्मचारीले ठेकेदारबाट कमिसन लिने नभए अनेकन बाधा व्यवधान खडा गरेर व्यवसायीमाथि संकट उत्पन्न गर्दै आएको समेत गुनासो छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>